बेलायतमा पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४० जना संक्रमित, १० जनाको मृत्यु

SHARE:

लन्डन २० भदौ । बेलायतमा पछिल्लो २४ घन्टामा थप १ हजार ९ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या गत मे अन्तिम साता यताकै सबैभन्दा बढी हो । गत मे २९ मा कुल १ हजार ९ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बिहीबार १ हजार ७ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो । यसैगरी गएको २४ घन्टामा कोरोना संक्रमणका कारण १० जनाको ज्यान गएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जनाएको छ । मृत्यु हुनेमा ९ जना इंग्ल्याण्ड र एकजना नर्दर्न आयरल्याण्डका छन् ।

शनिबार रातिसम्म बेलायतमा ४१ हजार ६ सय ३८ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ । यहाँ कुल संक्रमित संख्या ३ लाख ४६ हजार ५ सय ०६ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!