नेपालमा १ हजार ८१ कोरोना संक्रमित थपिए, २४ घन्टामा ९१८ डिस्चार्ज, ६ जनाको मृत्यु

SHARE:

नेपालभरमा पछिल्लो २४ घण्टामा १ हजार ८१ नयाँ सङ्क्रमित थपिएका छन् । थपिएका नयाँ सङ्क्रमितमध्ये ७४३ पुरुष र ३३८ महिला छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बुधबार मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार २५ रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा सङ्क्रमित ४९ हजार २१९ छन् ।

विभिन्न जिल्लामा गरी ९१८ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३३ हजार ८८२ छ । नेपालमा जम्मा सङ्क्रमितमध्ये निको हुने ६८ दशमलव आठ प्रतिशत पुगेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा ११ हजार १६७ नमूना परीक्षण भएको थियो । हालसम्म सात लाख ९९ हजार ३४१ नमूना परीक्षण भइसकेको छ । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या पाँच हजार ४८० छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये सात हजार ९८८ संस्थागत आइसोलेशन र सात हजार ३७ होम आइसोलेशनमा छन् ।

काठमाडौँ उपत्यकामा ३६४ नयाँ सङ्क्रमित थपिएका छन् । उपत्यकामा थपिएका सङ्क्रमितमध्ये काठमाडौँमा ३९४, ललितपुरमा ३४, र भक्तपुरमा ३६ छन् ।

थप छको मृत्यु
पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप छ जनाको मृत्यु भएसँगै देशभरमा सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३१२ पुगेको छ । पछिल्लो विवरणअनुसार मृत्यु हुनेमा तीन महिला र तीन पुरुष छन् । विश्वभरमा हालसम्म दुई करोड ७७ लाख ५३ हजार ६८ जना सङ्क्रमित छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!