विश्‍वभर १ करोड ८६ लाख कोरोना संक्रमणमुक्त, मृत्यु हुनेको संख्या ९ लाख नाघ्यो

SHARE:

काठमाडौँ २५ भदौ । विश्‍वभर कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये १ करोड ८६ लाखभन्दा बढी निको भएका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार बिहीबार बिहानसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९ लाख २ सय ३९ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वका विभिन्न देशमा गरी संक्रमितको संख्या करिब दुई करोड ७७ लाख पुगेको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहीबार बिहानसम्म ६३ लाख ५८ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यस्तै अमेरिकामा एक लाख ९० हजारभन्दा बढीको मृत्यु भएको छ । अमेरिकामा निको हुनेको संख्या करिब २३ लाख ८७ हजार रहेको छ ।

त्यस्तै अमेरिकापछि सबैभन्दा बढी प्रभावित भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४३ लाख ७० हजारभन्दा बढी पुगेको छ । भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ हजार ८ सय ९० पुगेको छ । भारतमा संक्रमण पुष्टि भएकामध्ये करिब ३४ लाख निको भएका छन् ।

त्यस्तै ब्राजिलमा करिब ४१ लाख ६२ हजार संक्रमित भएका छन् भने एक लाख २७ हजारभन्दा बढी मृत्यु भएको छ । ब्राजिलमा संक्रमण पुष्टि भएकामध्ये करिब ३५ लाख ७२ हजारभन्दा निको भएका छन् ।

चौथो स्थानमा रहेको रुसमा संक्रमितको संख्या १० लाख ३७ हजार नाघेको छ । रुसमा कोरोना संक्रमणबाट करिब १८ हजार जनाको मृत्यु भएको छ । रुसमा करिब ८ लाख ५४ हजार संक्रमित निको भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!