काठमाडौं उपत्यकामा ४३१ सहित नेपालमा १ हजार २०१ संक्रमित, थप १४ को मृत्यु

SHARE:

 

काठमाडौं भदौ २७ । काठमाडौँ उपत्यकामा थप ४३१ सहित नेपालमा १ हजार २ सय २ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शनिबार नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले हाल देशभरमा सक्रिय सङ्क्रमितको सङ््ख्या १५ हजार दुई सय ६० रहेको जानकारी दिए । हालसम्म नेपालमा जम्मा सङ्क्रमित ५३ हजार २२० छन् । शनिबार विभिन्न जिल्लामा गरी ८५२ व्यक्ति कोरोना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ३७ हजार ५२४ छ । नेपालमा जम्मा सङ््क्रमितमध्ये निको हुने ७०.६ प्रतिशत पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमूना परीक्षण भएका थिए । हालसम्म आठ लाख ३१ हजार ३६१ नमूना परीक्षण भइसकेका छन् । हाल देशभरमा क्वारेन्टिनमा रहनेको सङ्ख्या छ हजार ३५४ छ । देशभरमा सक्रिय सङ्क्रमितमध्ये नौ हजार १०७ संस्थागत आइसोलेशन र छ हजार १५३ होम आइसोलेशनमा छन् । देशभर १६० सङ्क्रमित सघन उपचार कक्षमा उपचाररत छन् भने २४ सङ्क्रमित भेण्टिलेटरमा छन् ।

थप १४ को मृत्यु
काठमाडौँ उपत्यकामा पाँचसहित पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३३६ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका पाँच जनाको मृत्यु भएको छ । काठमाडौँका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!