
काठमाडौँ २८ भदौ । नेपालमा २४ घन्टामा कोरोना संक्रमित १ हजार ३९ जनामा संक्रमण देखिएको छ । यो सँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबार ५४ हजार १५९ संक्रमित पुगेको जनाए । उनका अनुसार पीसीआर परीक्षण ९ हजार १६५ भएका छन् । हालसम्म ८ लाख ४० हजार ५ सय २७ पीसीआर विधिबाट परीक्षण भएका छन् ।
२४ घन्टामा डिस्चार्ज १ हजार १७३ जना निको भएका छन् । यो सँगै निको हुनेको संख्या ३८ हजार ६९७ पुगेको छ ।
२४ घन्टाको अवधिमा थप ९ जनाको मृत्यु भएको जानकारी दिएको हो । यो सँगै मृतकको संख्या ३ सय ४५ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा ३ महिला र ६ पुरुष रहेका छन् ।
आइतबार अपराह्नसम्मको तथ्यांकअनुसार आइसोलेसनमा उपचारमा रहेकाको संख्या १५ हजार १ सय १७ र क्वारेन्टाइनमा ६ हजार ५ सय ३६ जना रहेको छ ।
उपत्यकामा एकैदिन ५ सय ९७ जना कोरोना संक्रमित
उपत्यकामा थप ५ सय ९७ जनामा कोरोना संक्रमित देखिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं ४८३, भक्तपुर ८१ र ललितपुर ३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।






