नेपालमा उपत्यकामा ६१८ सहित थपिए १२ सय ४६ संक्रमित, २४ घन्टामा १२ सय ४३ डिस्चार्ज

SHARE:

काठमाडौं १ असोज । २४ घन्टामा नेपालमा ६ सय १८ सहित १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा १० हजार ६४१ पीसीआर परीक्षणबाट उक्त संक्रमित फेला परेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो । मन्त्रालयले बिहीबार आयोजना गरेको नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले हालसम्म ५९ हजार ५७३ संक्रमितको संख्या पुगेको जनाए ।

त्यसैगरी २४ घन्टामा कोरोना संक्रमणबाट मुक्त भइ घर फर्किनेको संख्या १२ सय ४३ रहेको छ । यो सँगै हालसम्म कोरोना संक्रमणबाट निको हुनेको संख्या ४२ हजार ९४९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट ८ लाख ८२ हजार ९१५ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घण्टामा जम्मा १० हजार ६४१ पीसीआर परीक्षण भएका छन् ।

हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ७ हजार ८८३ जना रहेका छन् । त्यसैगरी सक्रिय संक्रमितको संख्या १६ हजार २४१ जना रहेको छ ।

४ को मृत्यु
मिडिया ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले मृतकमा ३ महिला र १ जना पुरुष रहेको बताए । मृतक महिलामा मोरङकी ६४ वर्षीया, चितवनकी ३६ वर्षीया र कैलालीकी ५७ वर्षीया रहेकी छिन् । त्यसैगरी काठमाडौँका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या हालसम्म ३८३ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!