
काठमाडौं २ असोज । नेपालमा पछिल्लो २४ घन्टामा थप २०२० जनामा कोरोना संक्रमण, ८७१ डिस्चार्ज र ७ जनाको मृत्यु भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलेको नियमित प्रेस ब्रिफिङका क्रममा शुक्रबार प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६१ हजार ५ सय ५३ पुगेको छ । हालसम्म कोरोनामुक्त हुनेको संख्या ४३ हजार ८ सय २० जना पुगेको छ ।
त्यस्तै थप ७ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ । यसैगरी नेपालमा आइसोलेसनमा रहने कोरोना संक्रमित १४ हजार ४ सय ४८ छन् भने ५ हजार ८ सय ६ जना क्वारेन्टाइनमा रहेको प्रवक्ता गौतमले बताए ।
मृतक महिलामा काठमाडौंकी ८५ वर्षीया र ललितपुरकी ६६ वर्षीया रहेका छन् । मोरङका ६६ वर्षीय, काठमाडौँका ८८ वर्षीय, भक्तपुरका ८२ वर्षीय र नवलपरासीका ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको हो ।
उपत्यकामा ८५९ कोरोना संक्रमित
पछिल्लो २४ घन्टामा काठमाडौँमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जना संक्रमित देखिएका छन् ।






