
लन्डन असोज ३ । बेलायतमा पछिल्लो २४ घन्टामा ४ हजार ३ सय २२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड सोसल केयर’ ले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार यो संक्रमितको संख्या ५ महिना यताकै सबैभन्दा बढी हो । हालसम्म बेलायतमा ३ लाख ८५ हजार ९ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको हेल्थ एण्ड सोसल केयरले जानकारी दिएको छ । मृत्यु हुनेमा इंग्ल्याण्डमा २४ जना, नर्दर्न आयरल्याण्डमा दुई जना, स्कटल्याण्डमा एक र वेल्समा एक जना छन् । योसंगै बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ हजार ७ सय ३२ पुगेको छ ।
संक्रमण बढेसँगै बेलायत सरकार पुन: विभिन्न ठाउँमा लकडाउनको तयारीमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।






