नेपालमा पछिल्लो २४ घन्टामा थप १ हजार ३२५ मा कोरोना सङ्क्रमण पुष्टि

SHARE:

काठमाडौं असोज ४ । पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ३२५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

देशका विभिन्न प्रयोगशालामा विगत २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । आइतबार थपिएका सङ्क्रमितमा पुरुष ८५६ तथा महिला ४६९ रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ६४ हजार १२२ पुगेको छ ।

हालसम्म ४६ हजार २३३ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएको प्रवक्ता गौतमले बताए ।

काठमाडौं उपत्यकामा ७६७ सङ्क्रमित थपिए

पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ७६७ कोरोना सङ्क्रमितको थपिएको प्रवक्ता गौतमले जानकारी दिए । थपिएका सङ्क्रमितमध्ये काठमाडौँका २३० महिला र ३७२ पुरुषसहित ६०२, ललितपुरका ३४ महिला र ३० पुरुषसहित ६४ तथा भक्तपुरका ४१ महिला र ६० पुरुषसहित १०१ जना रहेका छन् ।

१० जनाको मृत्यु
पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ पुरुष तथा ६ महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या ४११ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!