नेपालमा कोरोना : मृतक ५ सय नाघ्यो, २४ घन्टामा १९ सय ११ संक्रमित

SHARE:

काठमाडौं १५ असोज । नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ ।

बिहीबार थप ११ जना मृतक थपिएसँगै नेपालमा कुल मृतकको संख्या ५ सय ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १० पुरुष र एक महिला गरी ११ जनाको मृत्यु भएको छ ।

यस्तै देशभरी १९ सय ११ जना कोरोना भाइरसका संक्रमित थपिएका छन । १२ हजार ४ सय ४४ पीसीआर परीक्षण भएकोमा ६ सय २८ र पुरुष १ हजार २ सय ८३ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा ८ स १७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जनामा संक्रमण देखिएको छ ।

२४ घन्टामा ९ सय ६१ डिस्चार्ज भएका छन् । बिहीबारसम्म ५७ हजार ३ सय ८९ जना डिस्चार्ज भएका छन् ।

उपत्यकामा २४ घन्टामा थप ९ सय ४३ कोरोना संक्रमित

पछिल्लो २४ घन्टामा काठमाडौँ उपत्यकामा थप९ सय ४३ कोरोना संक्रमित देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार काठमाडौँमा ८१७, ललितपुरमा ६८ र भक्तपुरमा ५८ जना संक्रमित देखिएका हुन् ।
२४ घन्टामा जम्मा १२ हजार ४४४ पीसीआर परीक्षण भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १० लाख ३३ हजार ९४७ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ५ हजार ७७ जना रहेका छन् ।त्यसैगरी सकृय संक्रमितको संख्या २१ हजार ८३० जना रहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!