लेखक, पत्रकार तिलक पुनको नियात्रा संग्रह ‘बस्तीभित्र’ लोर्कापण

SHARE:

हुम तमु
पोखरा १६ असोज । लेखक, पत्रकार, नियात्राकार तिलक प्रसाद पुन पुर्जाको दोश्रो कृति नियात्रा संगालो बस्तीभित्र शुक्रबार पोखरामा लोर्कापण गरिएको छ ।

मलायामा जन्मेर, पर्वतको सालिजा ओख्रेनीमा बाल्यकाल, नवलपरासी र पोखरालाई कर्म थलो बनाई देशका विभिन्न गाउँबस्तीको घुमघामको क्रममा लोक सँस्कृति संरक्षण र पर्यटन प्रवद्र्धनमा सघाउन पुग्ने गरी विभिन्न संचारमाध्यमहरुमा प्रकाशित लेख रचनाहरुको संगालो बस्तीभित्रको गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले लोकार्पण गरेका हुन् ।

पोखरा १० रंगशाला गेट अगाडि रहेको नेपाल मगर संघ कास्कीको सभाहलमा नेपाल मगर संघ कास्कीद्वारा नियात्राकार तिलक पुन पुर्जाको आमा जितीमाया पुनको चौथो वार्षिक पुण्यतिथिमा ज्येष्ठ छोरा पुन पुर्जाको नियात्रा संगालो लोर्कापण गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि मन्त्री विकास लम्सालले बस्तीभित्र कृति नेपाली लोकसँस्कृति, समाजको साँस्कृतिक आयामहरु र पर्यटन प्रवद्र्धनका लागि उपयोगी दस्तावेज भएको भन्दै प्रशंसा गरे। पुनद्वारा लिखित लेख रचनाले नेपाल समाजका गाँउ बस्तीहरुको मौलिकता प्रस्तुत र प्रचार प्रसारमा टेवा पुगेको भन्दै आफ्नो तर्फबाट सक्दो सहयोग हुने बताए।

लेखकीय मन्तव्य व्यक्त गर्दै नियात्रकार तिलक प्रसाद पुन पुर्जाले आफुले गाँउ वस्तीको वास्तविकता प्रस्तुत गरेको दावी गरे। यात्रा मेरो रहर भएकाले यात्राका अनुभूति, बस्तीको भोगाई, समुदायले संरक्षण गरेका सँस्कृतिहरुलाई कागजमा उतारी विभिन्न संचार माध्यममा प्रशासन गरेका लेखहरुलाई संगालोको रुपमा प्रस्तुत गरेको उनले बताए।

कृतिको समिक्षा गर्दै फोनिज गण्डकी प्रदेश महासचिव रुद्र श्रीसले नेपाली लोक सँस्कृति, पर्यटन प्रवद्र्धनका लागि संगालोको रुपमा बस्तीभित्र पाठक विच आएको बताए। नियात्रा संगालोमा ३४ वटा लेख समावेश गरिएको छ।

नियात्राकार पुनको परिचय पत्रकार श्रीराम सिग्देलले प्रस्तुत गर्दै मौलिक लोक सँस्कृतिको खोजी र लेखनमा रमाउने पत्रकार, नियात्राकार तिलक पुनको अर्को कृति प्रकाशनको तयारी रहेको समेत जानकारी दिए ।
नेपाल मगर संघ कास्कीकी अध्यक्ष संगीता पुन मगरको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारिता अर्थात लेखनका गुरु बालकृष्ण काउछा लगायतले शुभकामना मन्तव्यका साथै स्वागत मगर संघ कास्की उपाध्यक्ष बुद्धिमाया थापा, संचालन सचिव रामबहादुर थापाले गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!