नेपाली चलचित्र महोत्सवको आयोजना

SHARE:

नेपाली राजदूतावास, लण्डन

यस राजदूतावासमा हिजो (६ अक्टोबर 2020) बेलायतमा निर्मित नेपाली चलचित्र, नाटक र म्युजिक भिडियोहरुको प्रस्तुतिसहित नेपाली चलचित्र महोत्सवको आयोजना गरियो।

बेलायतमा नेपाली चलचित्र, नाटक तथा नेपाली म्युजिक भिडियोको विकास, प्रचारप्रसार तथा बेलायतमा नेपाली चलचित्रको बजार प्रवर्द्धन गर्ने उद्देश्यले पहिलोपटक यस चलचित्र महोत्सवको आयोजना गरिएको हो। उक्त महोत्सवमा बेलायतमा रहेका निर्देशक श्री कुशल श्रेष्ठद्वारा निर्देशित “दुख्ने मुटु” र “अधर” नामक दुई वटा म्युजिक भिडियोहरु तथा निर्देशक श्री सनम कुमार वैरागद्वारा निर्देशित “शून्य” नामक लघु चलचित्रको संयुक्त अधिराज्यका लागि नेपाली राजदूत महामहिम डा. दुर्गा बहादुर सुवेदीबाट लोकार्पण भएको थियो।

उक्त महोत्सवमा बेलायतमा निर्माण भएका नेपाली चलचित्रहरुलाई समेटेर तयार गरिएको संक्षिप्त भिडियो प्रस्तुति गरिएको थियो । साथै बेलायतमा रहेका प्रसिद्ध नाटक तथा चलचित्र निर्देशक तथा कलाकार श्री सनम कुमार वैरागले बेलायतमा नेपाली चलचित्रको विकास  र विस्तार सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। बेलायतमा रहेर नेपाली चलचित्र, नाटक, कला तथा संगीतको विकास, प्रचारप्रसार तथा लोकप्रियता अभिवृद्धिमा योगदान पुर्याउनुहुने निर्माता, निर्देशक तथा कलाकारहरुलाई महामहिम राजदूतले सम्मान गर्नुभएको थियो।

 

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!