काठमाडौं असोज २४ । नेपालमा एकैदिन ५ हजार ८ जना कोभिड १९ संक्रमित भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा नेपालमा ५ हजार ८ जना मानिसमा कोभिड १९ संक्रमण पुष्टि भएको बताए । त्यसमध्ये काठमाडौं उपत्यकामा २ हजार ६ सय ७२ जना संक्रमित भएका छन् ।
यससँगै नेपालमा कुल सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ पुगेको छ । हालसम्म नेपालमा कुल संक्रमितको संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ । जसमध्ये निको भएर घर फर्किनेको संख्या ७४ हजार २ सय ५२ जना रहेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै मृत्यु हुनेहरुको संख्या ६ सय १४ पुगेको छ ।
हालसम्म कुल ११ लाख ६४ हजार ५ सय ५७ पीसीआर परिक्षण भएको छ ।






