राष्ट्रकवि घिमिरे पुनः अस्पतालमा

SHARE:

काठमाडौँ, राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्पतालमा भर्ना भएका छन् ।

भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उपचार गराई शनिबार स्वेदश फर्केका उनी शनिबार रातिदेखि पुनः अस्वस्थ्य भएपछि धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा आइतबार बिहान भर्ना भएका हुन्

राष्ट्रकवि घिमिरेललाई पुनः सानो आन्द्राबाट रक्तस्राव भएपछि अस्पतालमा भर्ना गरिएको उाको उपचारमा संलग्न चिकित्सक डा विवेक शर्माले जानकारी दिए ।

“शनिबार साँझदेखि उनको फेरि सानो आन्द्राबाट रक्तस्राव भयो”–उनले भने, “उनको जुन समस्या थियो, त्यसमा सुधार भएको देखिएन, अनि बिहान उनलाई अस्पतालमा भर्ना गरेर उपचार गरिरहेका छौँ ।”

ग्राण्डी अस्पतालसँग आन्तरिक रक्तस्राव रोक्ने उपचार पद्धति नभएकाले उनलाई अन्यत्र लैजान सुझाव दिइएको डा शर्माले बताए ।

अहिले राष्ट्रकवि घिमिरेको ग्राण्डीस्थित उच्च हेरविचार इकाई (हाइकेयर युनिट) मा उपचार भइरहेको छ ।

उनी १० दिनको उपचारपश्चात भारतबाट शनिबार मात्र स्वदेश फर्केका थिए । उनलाई उपचारका लागि यही जेठ ९ गते भारतको नयाँदिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको थियो । राष्ट्रकवि घिमिरे करिब चार महिनादेखि अस्वस्थ रहँदै आएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!