हेराफेरीको तेस्रो श्रृंखला बन्दै

SHARE:

‘कमेडी अफ एरर्स’ का लागि जानिएको चर्चित बलिउड कमेडी फ्रान्चाइज ‘हेराफेरी’ को तेस्रो श्रृखंला बन्ने पक्का भएको छ ।

तेश्रो श्रृखंलामा पनि पहिलो श्रृखंलादेखि निरन्तर रहेका अक्षय कुमार, सुनिल शेट्टी तथा परेश रावलले अभिनय गर्नेछन् ।
मुम्बई मिररले फिल्मसँग निकट रहेका श्रोतको हवाला दिंदै लेखेको समाचारमा गत महिना फिल्म बनाउने पक्का भएको समाचार छापेको छ । समाचारका अनुसार फिल्मको सुटिङ डिसेम्बर र फ्रेब्रुवरीको बीचमा गरिनेछ । त्यस्तै निर्माण पक्षले फिल्मलाई अर्को वर्षको मध्यसम्म रिलिज गर्ने योजना बनाएको पनि समाचारमा उल्लेख छ । फिल्मलाई ‘धमाल’ सिरिजका निर्देशक इन्दर कुमारले निर्देशन गर्नेछन् । बुधबार उनले फिल्म निर्देशन गर्न लागेको ट्वीटसमेत गरेका छन् । फिल्मको पहिलो श्रृंखलालाई प्रियदर्शनले निर्देशन गरेका थिए भने दोश्रो श्रृखंलालाई निरज बोराले निर्देशन गरेका थिए ।

पहिलो फिल्मले सुरूमा वक्स अफिसमा गतिलो सुरूवात लिन सकेको थिएन । फिल्मले विस्तारै दर्शक जम्मा गरेर हिट भएको थियो भने दोस्रो फिल्मले पहिलो फिल्म जत्तिको सफलतालाई पछ्याउन सकेन । फिल्ममा कथा भने बोराको नै हुने बताइएको छ । २०१४ मा फिल्मको कथा लेखिसकेका बोराको सन् २०१७ मा निधन भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!