‘पप्पी डे’मा वेनेसाम साउथ यूकेले युद्ध साहित्य गोष्ठी आयोजना गर्ने

SHARE:

लन्डन कात्तिक १४ । ‘रिमेम्बरेन्स् अर्थात पप्पी डे’ को अवसरमा विश्व नेपाली साहित्य महासंघ (वेनेसाम) साउथ यूकेले एक युद्ध साहित्य गोष्ठी आयोजना गर्ने भएको छ ।

आउँदो नोभेम्बर ७ का दिन गोष्ठी आयोजना गर्न लागिएको हो । संस्थाका अध्यक्ष विजय हितानले भने, ‘‘रिमम्बरेन्स् डे’को दिनमा गोर्खाली सैनिक तथा लाहुरे जनजीवनसँग सम्बन्धित सिर्जना वाचन भर्चुवल माध्यमबाट गरिन लागिएको हो ।’ गोष्ठीमा विशेष अतिथिका रुपमा युद्ध साहित्यकार रक्ष राईको पनि सहभागी हुने छन् । त्यसअवसरमा सहभागी स्रष्टाहरुले आफ्ना सिर्जना सुनाउनेछन् । सोही दिन औतारी साहिंला र फिफ्रा काहिंलाद्वारा लिखित ‘हाम्रो अतित हाम्रो मन’ कविता संग्रहमाथि गणेश पुनले समिक्षा गर्ने कार्यक्रम पनि छ ।

नेपालमा लाहुरे परम्पराले एउटा पृथक संस्कार र संस्कृति निर्माण गरिसकेको सन्दर्भमा यही इतिहासको प्रबर्द्धन र संरक्षणमा टेवा पुर्‍याउनु गोष्ठीको मुख्य उद्धेश्य रहेको आयोजकको भनाइ छ ।

लाहुरे जनजीवन तथा पल्टनसँग सम्बन्धित घटना, अनुभव, संवेदना, पीडा तथा भोगाइमा आफ्ना गीत, गजल, कविता, मुक्तक, हाइकु जस्ता सिर्जना लिएर जो कोही पनि जुम एपमार्फत गोष्ठीमा सहभागी हुन सक्ने बताइएको छ ।

गोष्ठीमा सहभागी ईच्छुक स्रष्टाहरुको लागि जुम एपको लगिन आईडीसहितको जानकारी विनेसाम साउथ यूकेको आधिकारिक फेसबुक पेजमा पछि राखिनेछ ।

बेलायतमा हरेक वर्ष नोभेम्बर ११ तारिखका दिन ‘रिमेम्बरेन्स् डे मनाइन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!