पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट २४ जनाको मृत्यु, २९ सय ३३ संक्रमित

SHARE:

काठमाडौं कात्तिक १७ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट २४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ सय ८४ पुगेको जनायो । यस्तै सोही अवधिमा नेपालमा २९ सय ३३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा २९ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ । मन्त्रालयको वेबसाइटअनुसार हालसम्म संक्रमितको संख्या १ लाख ७६ हजार ५ सय पुगेको छ । सक्रिय संक्रमितको संख्या ३७ हजार ५ सय २४ पुगेको छ ।

सोही अवधिमा ३१ सय ५० जना कोरोना निको भएर डिस्चार्ज भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १ लाख ३७ हजार ९ सय ९२ पुगेको छ ।

हालसम्म १ करोड ४६ लाख ९ हजार ८ सय १२ पीसीआर टेस्ट भएका छन् । मन्त्रालयले २१ सय १९ जना क्वारेन्टाइनमा रहेको जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!