नेपालमा २४ घण्टामा कोरोना : २८ सय १७ संक्रमित, २१ जनाको मृत्यु

SHARE:

काठमाडौं कात्तिक २३ । पछिल्लो २४ घन्टामा नेपालमा थप २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४ सय ५३ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा कोरोनामुक्त भएर २ हजार ८ सय १२ जना डिस्चार्ज भएका छन् । यस्तै नेपालमा हालसम्म कोरोनामुक्त हुनेको संख्या १ लाख ५७ हजार ९ सय २६ जना पुगेको छ । यो सँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३५ हजार ४ सय १९ रहेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ३ सय ११ पीसीआर परीक्षण भएको छ भने हालसम्म पीसीआर विधिबाट १५ लाख ४० हजार ७७ परीक्षण भएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइसोलेसनमा रहनेको संख्या ३५ हजार ४ सय १९ रहेको छ भने ११ सय ४९ जना क्वारेन्टाइनमा रहेका छन् ।

यस्तै २४ घन्टामा नेपालमा थप २१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!