बेलायतमा प्रथम युद्ध साहित्य गोष्ठी

SHARE:

लन्डन कात्तिक २३ । कोरोना महामारीका बेला पनि बेलायतमा रहेका नेपाली सर्जकहरूले आफ्नो सिर्जनामार्फत इतिहासको स्मरण गरेका छन् ।

‘पप्पी डे’ को पूर्वसन्ध्यामा शनिबार विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले गरेको युद्ध साहित्य परिचर्चा तथा युद्ध सिर्जना वाचन कार्यक्रममा तीन दर्जन बढी साहित्यकारहरूले युद्धको पीडा, पूर्खाहरूको संघर्ष र मानवीय संवेदनाका पक्षमा सिर्जनाहरू वाचन गरेका हुन् । जुममार्फत भएको कार्यक्रममा औतारी साइला र फिप्रा काइलाद्वारा लेखिएको कविता संग्रह ‘हाम्रो अतीत, हाम्रो मन’ समेत विमोचन गरिएको थियो । विमोचित पुस्तक उपर कवि गणेश पुनले समीक्षा गरे ।

गोर्खा ह्याट, ब्लेजर, रेजिमेन्टल पहिरन, तक्मा र पप्पी फूलमा सजिएर उपस्थित भएका तीन दर्जन बढी साहित्यकारले सिर्जना वाचन गरेको विनेसाम साउथ यूकेका अध्यक्ष विजय हितानले जनाए । तीन घण्टा चलेको कार्यक्रममा लाहाङ चेम्जोङ, औतारी साइला, फिप्रा काइला, किरण चाम्लिङ, काजीमान लिम्बु, घन थापा, अहिल्या कुँवर, मोहन आचार्य जल्लाद, गोमा राना, जित बूढाथोकी, जय तामाङ, मुकेश राई, माया गुरुङ, डा. सुमाया राई, सुमल कुमार गुरुङ, नानू राई, भगवान चाम्लिङ, विश्वकाजी राई, अमित याक्थुङ्बा मिहाङ, विजय हितानले कविता सुनाए ।

​त्यस्तै, सञ्जीव पारदर्शीले गजल, सेमन्त राईले गीत, भरत लोहोरुङ राई र सुरेन्द्र इङ्नामले मुक्तक वाचन गरे । नेपालका सर्जक मीन बहादुर रानाले सारङ्गी रेटेर गीत सुनाए भने बेलायतकै इङ्नामले बाँसुरी बजाएर मन्त्रमुग्ध पारे ।

कार्यक्रम समीक्षा गर्दै उपाध्यक्ष थिर थापा मगरले वाचित सिर्जनाले युद्धको समयसँगै त्यसअघि र पछिको अवस्थाबारे चित्रण गरेको बताए ।

‘पप्पी डे’ अर्थात् पूर्खाहरूको स्मृति दिवस प्रत्येक वर्षको नोभम्बर ११ तारिख संसारभर मनाउने गरिन्छ । प्रथम विश्वयुद्धको समापनसँगै पप्पी फूल र युद्धमा लडेका र वीरगति प्राप्त गरेका सैनिक योद्धाहरूप्रति सम्मान व्य​क्त गर्न यो दिवस आरम्भ भएको हो । पप्पी फूल गहिरो निद्रा, शान्ति र युद्धको प्रतीकका रूपमा लिइन्छ । यो वर्ष पप्पी डे बुधबार परेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!