नेपाली दूतावास बेलायतमा महाकवि देवकोटाको जन्मजयन्ती मनाइयो

SHARE:

लन्डन मंसिर २ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११२औँ जन्मजयन्तीको अवसरमा लण्डनस्थित नेपाली राजदूतावासले आइतबार साहित्य महोत्सवको कार्यक्रम आयोजना गरेको छ ।

तीन चरणमा सञ्चालित कार्यक्रममा बेलायतस्थित नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले नेपाली भाषा तथा साहित्यको विकासमा बेलायतमा रहेका कवि तथा साहित्यकारहरुले पुर्याउनुभएको योगदानको चर्चा गरे । लण्डनस्थित स्कुल अफ ओरियन्टल एण्ड अफ्रिकन स्टडिजबाट विद्यावारिधि गर्नुभई उक्त विश्वविद्यालयको नेपाली एण्ड हिमालयन स्टडिज विभागमा रही नेपाली भाषा, साहित्यको अध्यापन गरी हाल अवकासप्राप्त डा माइकल हटले समग्र नेपाली साहित्यको विकासक्रमको चर्चा गरे । उनले नेपालका वरिष्ठ कवि तथा साहित्यकारको योगदानको चर्चा गर्दै उहाँहरुका सिर्जनासमेत वाचन गरे ।

प्रा डा सूर्यप्रसाद सुवेदीले महाकवि देवकोटाले नेपाली भाषा तथा साहित्यमा पुर्याउनुभएको विशेष योगदानको चर्चा गरे । नेपाली साहित्य विकास परिषद् संयुक्त अधिराज्यका संस्थापक तथा निवर्तमान अध्यक्ष सुरेशजङ्ग शाहले बेलायतमा नेपाली साहित्यको विकास र विस्तारसम्बन्धी आफ्नो कार्यपत्र प्रस्तुत गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज संयुक्त अधिराज्यका अध्यक्ष लक्ष्मी राई (लारा)ले बेलायतमा नारी हस्ताक्षरहरुको विषयमा जानकारी गराएका थिए । कवि तथा साहित्यकार गोपी सापकोटाले बेलायतमा नेपाली साहित्यको वर्तमान अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बेलायतमा रहेका प्रतिनिधि नेपाली कवि तथा साहित्यकारहरुका रचनाहरु सम्मिलित डा दुबसु क्षेत्रीद्वारा सम्पादित ‘बेलायतमा नेपाली मुक्तक’ र ‘बेलायतमा नेपाली गजल’ तथा नेपालको सबैभन्दा पुरानो साहित्यिक मासिक पत्रिका ‘शारदा’को बेलायतमा नेपाली साहित्य विशेषाङ्क १ र २ को लोकार्पण गरिएको थियो ।

काव्य गोष्ठीमा बेलायतलगायत युरोप तथा नेपालबाट समेत कवि तथा साहित्यकारहरुले कविता, गीत, मुक्तक वाचन गरेका थिए । साथै बेलायतमा रहेका बाँसुरी समूह र कलाकारहरु सेमन्त राई, भरत लोहारुङ र सुरेन्द्र इङ्नामले बाँसुरी वादन, कलाकारहरु डम्बरसिंह प्रयास तथा मनोज अञ्जानले सारङ्गी वादन एवं कलाकार प्रमोद शर्माले गायन प्रस्तुति गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!