नेपालमा कोरोनाबाट थप २ हजार १०३ जना संक्रमित, थप १७ को मृत्यु

SHARE:

काठमाडौं मंसिर ४ । देशभर पछिल्लो २४ घण्टामा थप दुई हजार १०३ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय नौ हजार ८०५ जनाको स्वास्थ्य परीक्षण गर्दा ८६४ महिला र एक हजार २३९ पुरुष गरी उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख १५ हजार २० पुगेको छ । पछिल्लो समय थप दुई हजार ८५८ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या एक लाख ८५ हजार ६३८ पुगेको छ । निको हुने दर ८६ दशमलब तीन प्रतिशत रहेको पनि मन्त्रालयले जनाएको छ ।

अहिले देशभर २८ हजार १०६ सक्रिय सङ्क्रमित छन् । देशभर ७१७ जना क्वारेन्टिनमा र २५ हजार ३४७ होम आइसोलेशनमा छन् । सङ्क्रमितमध्ये ३८० जनाको सघन उपचार कक्ष र ६२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म १६ लाख ३३ हजार ५५९ जनाको पिसिआर परीक्षण भएको छ ।

थप १७ को मृत्यु
हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या एक हजार २७६ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप १७ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!