गुरुङ साहित्यिक मञ्च नेपालको शनिबार दोस्रो अधिवेशन

SHARE:

पोखरा मंसिर १८ । गुरुङ साहित्यिक मञ्च नेपालको यहीं मंसिर २० गते चौथो साधारणसभा तथा दोस्रो अधिवेशन हुने भएको छ ।

मञ्चको पहिलो कार्यकालको बिहीबार बसेको अन्तिम बैठकले साधारणसभा तथा अधिवेशनको मिति तय गरेको अध्यक्ष गौरी तमूले जानकारी दिइन् ।
गुरुङहरुको स्वदेशदेखि विदेशसम्म सयौं सामाजिक संघसंस्था रहे पनि एउटै साहित्यिक संस्था नभएको अवस्थामा यसको आवश्यकताको देखिएको भन्दै २०७३ चैत २१ गते पोखरामा गुरुङ साहित्यिक मञ्च नेपाल नामक संस्था स्थापना गरेको थियो ।

संस्था स्थापनापछि नियमित रचना वाचन शृङ्खलादेखि विभिन्न विषयमा बहस, छलफल, प्रशिक्षण प्रतियोगिता सँगै अक्षयकोष स्थापना र सम्मान कार्यक्रमहरु गर्दै आएको अध्यक्ष तमूले बताइन् । उनले पछिल्लो समय कोरोना महामारीले केही महत्त्वपूर्ण कार्यक्रमहरु स्थगित हुनाका साथै विधानले तोकेभन्दा केही महिना कार्यसमितिको कार्यकाल लम्बिएको भन्दै पदभार अर्को समितिलाई हस्तान्तरण गर्न आतुर रहेको बताइन् ।

‘हामी अब कोरोनाकै बहानामा संस्थालाई निष्क्रिय रहिरहन दिन्नौं । पर्सि शनिबार अत्यन्तै छोटो, मिठो तरिकाले हामी हाम्रो पदभार आउने समितिलाई हस्तान्तरण गर्दैछौं’, अध्यक्ष तमूले सामाजिक सञ्‍जाल फेसबुकमा लेखेकी छन् । अधिवेशन नहुँदै अध्यक्ष गुरुङले सबै सहयोगीहरुलाई धन्यवाद दिएकी छन् । ‘म मेरो कार्यकालमा यस मञ्चलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्‍याउनुहुने कार्यसमिति साथीहरू,अफिसियल फोटोग्राफरदेखि मिडिया पार्टनर साधारण, सक्रिय र आजीवन सदस्यहरु, सल्लाहकार ज्यूहरु र स्वदेश तथा विदेशका सम्पूर्ण सहयोगी मनहरुप्रति यहीं पोष्टमार्फत हार्दिक आभार एवम् धन्यवाद प्रकट गर्दछु ।’

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!