सुन तस्करीमा ठूला माछा पनि पक्राउ पर्छन्: गृहमन्त्री

SHARE:

काठमाडौँ । गृह मन्त्रालयले यातायात सम्बद्ध समितिको दर्ता र नवीकरण रोक्ने निर्णय गरी लामो समयदेखि यातायातका क्षेत्रमा रहेको एकाधिकार अन्त्य गर्ने, ३३ किलो सुन काण्डमा छानवीन समितिमार्फत तस्करीको जालो तोड्ने तथा वैदेशिक रोजगारमा ठगीमा संलग्न ठूलो गिरोह पक्राउ गरिएको जस्ता कार्य १०० दिनमा गरिएको जनाएको छ ।

गृहमन्त्री रामबहादुर थापाले आफूले कार्यभार सम्हालेको एक सय दिनमा निर्माणमा ढिलासुस्ती गर्ने तथा कमसल काम गर्ने ठेकेदालाई भौतिक पूर्वाधार मन्त्रालय, शहरी विकास मन्त्रालयलगायत नियकायसँगको समन्वयमा कारवाही अघि बढाइएको बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बताए । जतिसुकै शक्तिशाली ठेकेदार भए पनि उसलाई कारवाहीको दायरामा ल्याएर छाड्ने दृढता मन्त्री थापाले गरे ।

यस्तै सुन तस्करी प्रकरणमा अब ठूला कारोवारी पनि पक्राउ पर्ने संकेत गर्दै उनले भने, “सुन तस्करीका भुरा माछा र मझौला माछा पक्राउ परेका छन्, अब ठूला माछा पनि पक्राउ पर्दैछन् ।” सरकारले लिएको विकास र समृद्धिको लक्ष्य प्राप्त गर्न भ्रष्टाचार, तस्करी र अनियमितताको जरैदेखि अन्त्य गर्ने अभियानमा मन्त्रालयले सक्रिय रुपमा काम गरिरहेको उनको भनाइ थियो ।

मदिरा नियन्त्रण अभियान
उनका अनुसार मदिरा नियन्त्रण र लागुऔषध निषेध अभियानलाई पनि मन्त्रालयले अभियानका रुपमा लैजान लागेको छ । ट्राफिक व्यवस्थापन प्रारम्भ भएको, सातै प्रदेशमा प्रादेशिक सुरक्षा गोष्ठी गरिएको, लामो समयदेखि रोकिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीको सरुवाबढुवा नियमित गरिएको, बिदा कटौती तथा सरकारी सवारी साधनको दुरुपयोग रोक्नेजस्ता कार्यलाई सय दिनको आफ्नो उपलब्धिका रुपमा गृहमन्त्री थापाले लिएका छन् ।

आन्तरिक सुरक्षा ऐन २०७५, नागरिकता ऐनको संशोधन, परिचयपत्र व्यवस्थापन ऐन, सामाजिक सुधार ऐनलगायत महत्वपूर्ण ऐन सहमतिका लागि कानून मन्त्रालयमा पठाइएको तथा संघीय प्रहरी ऐनको मस्यौदा अन्तिम चरणमा रहेको गृह मन्त्रालयले जनाएको छ । केहीले कम्युनिष्टका नाममा तथा केहीले जातीयता, क्षेत्रीयता र धर्मका नाममा संविधान विरोधी तथा अस्थिरता निम्त्याउने गतिविधि गरिरहेका छन् भन्दै उनले त्यसलाई नियन्त्रण गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!