बेलायतमा कोरोना फैलिएको फैलियै, मृतक ६५ हजार नाघ्यो, १९ लाख संक्रमित

SHARE:

लन्डन पुस २ । बेलायतमा कोरोना भाइरस झनै फैलिएको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ हजार नाघेको छ भने १९ लाख १३ हजार बढी संक्रमित भएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले बुधबारसम्ममा ६५ हजार ५२० को कोरोनाबाट मृत्यु भएको जनाएको छ । बेलायतमा कोरोना संक्रमितको संख्या १९ लाख १३ हजार २७७ पुगेको छ । पछिल्लो २४ घन्टामा मात्र एक हजार ७७० जना कोरोना संक्रमित हस्पिटल भर्ना भएका छन् । जसमध्ये एक हजार ३२६ जनाको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतका हस्पिटलमा १८ हजार भन्दा बढीको उपचार भइरहेको स्वास्थ्य विभागले जनाएको छ । बेलायतमा संक्रमण दर तीव्र रुपमा वृद्धि भएको भन्दै बुधबारबाट लन्डन क्षेत्रमा थप कडा प्रतिबन्ध लागू गरिएको छ ।

बेलायतमा गत हप्ताबाट शुरु भएको कोरोना विरुद्धको भ्याक्सिन वितरण कार्य पनि तीव्र रुपमा अघि बढेको छ । बेलायतमा एकसाताभित्र एक लाख ७० हजार भन्दा बढी मानिसले कोरोना विरुद्धको भ्याक्सिन लगाएको सरकारले बताएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!