ट्रम्पका समर्थकले हिंसा मच्चाएपछि अमेरिकाको वासिङ्टन डीसीमा कर्फ्यु, झडपमा एकको मृत्यु, १३ पक्राउ

SHARE:

वासिङ्टन पुस २३ । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले सडकमा निस्किएर हिंसात्मक प्रदर्शन गरेपछि राजधानी वासिङ्टन डीसीमा कर्फ्यु जारी गरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार स्थानीय समयअनुसार बुधबार साँझदेखि बिहीबार बिहानसम्म कर्फ्यु लगाइएको हो । ट्रम्प समर्थकले बुधबार क्यापिट हिल्स भवनमा पसेर हिंसात्मक प्रदर्शन गरेका थिए । क्यापिटल हिल्समा हिंसा मच्चाएको आरोपमा प्रहरीले १३ जनालाई पक्राउ गरेको छ । वासिङ्टन डीसी महानगरीय प्रहरीका अनुसार ५ थान बन्दुक पनि बरामद गरिएको छ ।

प्रहरी प्रमुख रोबर्ट कोन्टीका अनुसार पक्राउ पर्ने व्यक्तिहरु डीसी क्षेत्रका भने होइनन् । उनले झडपमा घाइते भएकाहरुको उपचार भइरहेको पनि बताएका छन् ।

बुधबार साँझ वासिङ्टन डीसीमा भएको झडपमा परी एक महिलाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार झडपमा प्रहरीको गोली लागी एक जना महिला घाइते भएकी थिइन् । स्थानीय अस्पतालमा उपचाररत उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

अमेरिकी कंग्रेसमा इलेक्टोरल कलेजको गणनालाई लिएर बहस भइरहेका बेला ट्रम्प समर्थकले हिंसा मच्चाएका हुन् । अमेरिकी सुरक्षा अधिकारीहरुका अनुसार अहिले क्यापिटल हिल्समा सुरक्षा व्यवस्था कडा पारिएको छ । बुधबार अमेरिकी कंग्रेसले डेमोक्रेटक उम्मेदवार जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गर्ने कार्यक्रम थियो । अमेरिकी तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सकी सभामुख नान्सी पेलोसीका अनुसार बुधबार राथि इलेक्टोरल भोटको गणना हुनेछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!