आदिवासी जनजाति साहित्यकार महासंघ नेपाल घोषणा, संयोजकमा राजन, बेलायतमा अमित [नामावलीसहित]

SHARE:

काठमाडौं माघ १ । आदिवासी जनजाति साहित्यकार महासंघ नेपाल घोषणा गरिएको छ। बिहीबार काठमाडौंमा भएको आदिवासी जनजाति साहित्यकारहरुको भेलाले राजन मुकारुङको संयोजकत्वमा ३४ सदस्यीय तदर्थ समिति गठन गरेको हो ।

समितिको सहसंयोजक सरस्वती प्रतीक्षा लालचन र टंक सेलिङ, सचिव बुद्ध योन्जन लामा र आर्थिक संयोजकमा उर्मिला गम्बा थारु चयन भएका छन् । यस्तै, भेलाले ताम्सालिङ, किरात, मगरात, लिम्बुवान, कोइँच र नेवा: राज्य समिति संयोजक पनि तोकेको छ ।
महासंघले विदेशस्थित विभिन्न १४ देशका लागि अन्तर्राष्ट्रिय समिति पनि गठन गरी संयोजक तोकेको छ।
आदिवासी जनजाति समुदायको भाषा, मौलिक साहित्यको जगेर्ना गर्न, सम्बन्धित जाति समुदायका स्रस्टाहरुलाई उत्प्रेरित गरी अग्रसर गराउन आदिवासी साहित्यकार महासंघको आवश्यक परेको संयोजक मुकारुङले बताए । यस्तै, आदिवासी जनजाति समुदायका मौखिक दर्शनशास्त्रलाई लिपिवद्ध गर्न, मातृभाषा साहित्य लेखनलाई बढवा दिन तथा पहिचानको आन्दोलनमा टेवा पुर्‍याउन महासंघ गठन गरिएको उनको भनाइ छ ।

हेरौ् नामावली
संयोजक : राजन मुकारुङ
सह–संयोजक : सरस्वती प्रतीक्षा
सह–संयोजक : टंक सेलिङ
सचिव : बुद्ध योञ्जन लामा
आर्थिक संयोजक : उर्मिला गम्बा थारु
सदस्य : अञ्जना इछमफूल
सदस्य : अनन्त दुनुवार
सदस्य : उत्तम सुनुवार
सदस्य : कविराज तामाङ
सदस्य : कुन्साङ
सदस्य : कृष्ण मेचे
सदस्य : कृष्ण सर्वहारी
सदस्य : गणेस कुमाल
सदस्य – गौरी तमू
सदस्य : चोमु शेर्पा खुशी
सदस्य : तेजेन्द्र ताजपुरिया
सदस्य : निशा रुम्बा
सदस्य : नेपोलियन चेपाङ
सदस्य : फुर्बाछिरिङ तङ्बे
सदस्य : बेचन उराव
सदस्य : भिम किसान
सदस्य : मङ्गलराम दराई
सदस्य : मेनुका छन्त्याल
सदस्य : रजनी मिला
सदस्य : राम गोपाल आँसुतोष
सदस्य : लाक्पा तेन्जी शेर्पा
सदस्य : लालबहादुर भुजेल
सदस्य : डा. विष्णु सिँजाली
सदस्य : सन्त माझी
सदस्य : सरोजसिंह दुनुवार
सदस्य : डा. सोमबहादुर धिमाल
सदस्य : सीता तुम्खेवा
सदस्य : हेन्सेन याक्खा
सदस्य : हेमा आले

राज्य समिति –
संयोजक : शोभा सुनुवार (कोइँच)
संयोजक : ईश्वर थोकर (ताम्सालिङ)
संयोजक : गनेसकुमार राई (किरात)
संयोजक : छम गुरुङ (तमुवान)
संयोजक : छविलाल कोपिला (थरुहट)
संयोजक : जीवन रोका मगर (मगरात)
संयोजक : मधु केरुङ (लिम्बुवान)
संयोजक : शाक्य सुरेन (नेवा:)

अन्तर्राष्ट्रिय समिति –
संयोजक : अमित थेबे (बेलायत)
संयोजक : इन्दिरा चाम्लिङ (युरोप)
संयोजक : उदय पुर्बेली (मलेसिया)
संयोजक : केशर घलान (कुवेत)
संयोजक : चन्द्र गुरुङ (बहराइन)
संयोजक : जसकुमार राई (अमेरिका)
संयोजक : नरेश सुनुवार (हङकङ)
संयोजक : पराजीत पोमू (दक्षिण कोरिया)
संयोजक : बिमल राई (कतार)
संयोजक : योग राई (अस्ट्रेलिया)
संयोजक : विमन किराती (जापान)
संयोजक : सुमन सहयात्री (साउदी अरबिया)
संयोजक : सुरज राना (युएई)
संयोजक : सुशिल पुन बिरही (ओमान)

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!