डा.योगीले बेलायतवासी नेपालीबीच आउँदो शनिबार आफ्नो अनुभव बाँड्दै

SHARE:

पूर्ण गुरुङ, लण्डन ।

मनोक्रान्तिका अभियन्ता योग गुरु डा.योगी बिकाशानन्दले बेलायतवासी नेपालीबीच आफ्नो अनुभव बाँड्ने  भएका छन् । कम्युनिटी एण्ड नेचर (क्यान) इन्टरनेश्नल, अल्डरसट इम्पावरमेन्ट ग्रुप र हिमालयन योगा स्टुडियो युकेको संयुक्त आयोजनामा आउँदो शनिबार २३ जनवरी बिहान ९ बजे देखि ११ बजेसम्म डा.योगी बिकाशानन्दले जुम प्रविधिमार्फत हेल्थ, ह्यापीनेश र वेल्थ बारे  आफ्नो  अनुभव सुनाउन लागेका हुन् ।

उक्त समूहले गत ९ जनवरी देखि प्रत्येक दिन बिहान १० बजे देखि ११ बजेसम्म स्वास्थ्य सम्बन्धि सेसन संचालन गर्दै आउने क्रममा १४ औं दिनको सेसनमा डा. योगीलाई बिशेष अतिथिको रुपमा आमन्त्रण गरिएको हो । क्यान इन्टरनेश्नका डा. बलराम ढकालको बिशेष सहयोगमा आयोजना भैरहेको उक्त सेसनमा मनोक्रान्ति बेलायतका प्रवर्तक योगी नगेन्द्र राज नेम्बाङ्गले योग, ध्यान, व्यायाम, रेकी संगसंगै बाँच्न कला बारे आफ्नो अनुभव सुनाउदै आएका छन् । त्यस्तै, उक्त सेसन्सका संंयोजक एवं ताईची प्रशिक्षक मान गुरुङले ताईची प्रशिक्षण, पश्चिमी हिलिङ्ग, भोजन संंगसंगै वेलनेस लगायतको बिषयमा प्रशिक्षण दिदैं आएका छन् ।

पछिल्लो समय विश्वभर पूर्विय दर्शनमा आधारित योग, ध्यान र व्यायामको महत्व बढ्दै आउने क्रममा सो समूहले उक्त सेसनको आयोजना गरिएको संयोजक मान गुरुङ बताउँछन् । त्यस्तै, मनोक्रान्ति बेलायतको समेत प्रवर्तक रहेका हिमालयन योगा स्टुडियोका निर्देशन नेम्बाङ्गले डा. योगी बिकाशानन्दले यसभन्दा अघि पनि बेलायतवासी नेपालीहरुलाई डा.योगीले बेलायतवासी नेपालीबीच आउँदो शनिबार आफ्नो अनुभव सुनाउदै अनुभव सुनाई सकिएको बताउँदै अहिलेको महामारीको अवस्थामा उहाँको प्रशिक्षणबाट लाभ लिन सकिने विश्वास व्यक्त गर्दछन् । एनआरएनए युकेको समेत साथ रहेको जुम प्रविधिमार्फत संचालन गर्न लागिएको उक्त कार्यक्रममा १०० जनाले मात्र भाग लिनसक्ने भएको हुनाले  आफ्नो सीट सुरक्षित राख्न संयोजक गुरुङले अनुरोध गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!