पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा आउँदै

SHARE:

पोखरा १० माघ । सौन्दर्यको क्षेत्रमा बेग्लै पहिचान बनाएर सौन्दर्य पारखीको मन जित्दै आएकी सौन्दर्य विद् चिनु गुरुङले पोखरामा ‘सिजी ब्रोज एण्ड नेल्स ट्रेनिङ इन्स्टिच्युट’ सञ्चालनमा ल्याउन लागेकी छन् । सौन्दर्य क्षेत्रमा २५ वर्षको लामो अनुभव र समयको मागलाई मध्यनजर गर्दै ट्रेनिङ इन्ष्टिच्यूट सञ्चालनमा ल्याउन लागेको गुरुङले शनिबार पोखरामा पत्रकार सम्मेलनमार्फत जानकारी दिइन् ।

“सौन्दर्य क्षेत्र सेवा दिने उद्योगको रुपमा विकसित हुँदैछ भने यसले धेरै उद्यमीहरु पनि जन्माएको छ । पछिल्लो समय विदेश अध्ययन गर्न जानेहरुमा सौन्दर्य सीपको दक्षताको माग भएकाले पनि इष्टिच्यूट खोलिएको हो ।” उनले अन्तर्राष्ट्रिय जगतमा पनि सौन्दर्यका विभिन्न कोर्षहरुको अध्ययन हुन थालेको अवस्थामा अब नेपालमा पनि सोही अनुसारको तालिम प्रदान गरेर दक्ष जनशक्ति उत्पादन गर्ने योजनाअनुरुप पहिलो चरणमा पोखरामा उक्त इष्टिच्यूट खोलिएको जानकारी दिइन् ।

गुरुङले भनिन्, “सौन्दर्य स्वास्थ्य जोडिएको हुन्छ, आधुनिक प्रविधिको प्रयोगसँगै १६ श्रृंगारमध्ये महत्वपूर्ण आँखा, हात, खुट्टा विशेष गरी नङ्गको सौन्दर्यतालाई स्वास्थ्यवद्र्धक तरिकाबाट श्रृंगार सम्बन्धि तालिमहरु प्रदान गरिनेछ ।” उनका अनुसार पोखराको न्युरोडमा प्रधान कार्यालय रहेको एकेडेमीका अन्य ६ शाखाहरु छन् भने ४६ जना कर्मचारीले सेवा दिइरहेका छन् । एकेडेमीले थुप्रै सीपयुक्त दक्षजनशक्ति उत्पादन गर्न सफल भएको छ । तालिम प्राप्त दक्ष जनशक्ति देश विदेशमा सेवा दिइरहेका छन् भने कति देशभित्रै स्वरोजगार हुन सफल भएको उनको भनाइ छ ।

व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै गुरुङले विपन्न, घरेलु हिंसामा पिडित एवम् अपाङ्गता भएकाहरुलाई निःशुल्क र न्यूनतमा शुल्कमा तालिम प्रदान गरेर स्वरोजगार बन्न प्रेरित गर्दै आएकी छन् ।

विशेषगरी बेरोजगारको न्यूनिकरणका लागि सीपमूलक तालिममा जोड दिएर देशभरि नै शाखा विस्तार गर्ने योजना रहेको पनि गुरुङले सुनाए । उनले पछिल्लो समय सौन्दर्य व्यवसायमा प्रयोग हुने केही उत्पादन आफैले समेत गर्दै आएकी छन् । करिब ३० लाखको लगानीमा सञ्चालनमा आउन लागेको उक्त इन्ष्टिच्यूटको माघको १२ गते अभिनेत्री आँचल शर्माले औपचारिक उद्घाटन गर्ने कार्यक्रम छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!