काठमाडौं । त्रिवि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले ६ बुँदे माग राखेर फेरि आमरण अनसन बस्ने चेतावनी दिएका छन् ।

बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै डाक्टर केसीले चिकित्सा शिक्षा अध्यक्षदेश दोस्रो पटक जारी भइसकेपनि उचितरुपमा त्यसको प्रतिस्थापन विधेयक ल्याउने काममा राजनीतिक दलहरुले आलटाल गरिरहेका आरोप समेत लगाएका छन् । यसअघि भएका विभिन्न सम्झौताहरु कार्यान्वयन नभएको भन्दै डाक्टर केसीले आफ्ना मागहरु पूरा नभए आमरण अनसनसहितका आन्दोलनका कडा कार्यक्रम गर्ने चेतावनी दिएका हुन् ।
स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधि २०७५ र शिक्षा मन्त्रालयले हचुवामा गरेका चिकित्सा शिक्षासम्बन्धी निर्णयहरुप्रति समेत डाक्टर केसीले ध्यानाकर्षण भएको बताएका छन् ।






