कोरोनाबाट बेलायतमा मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघ्यो, २४ घन्टामा ९ सय १५ को मृत्यु

SHARE:

लन्डन माघ २२ । बेलायतमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक लाख १० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा बिहीबार थप ९ सय १५ जनाको निधन भएसँगै मृतकको संख्या १ लाख १० हजार २ सय ५० पुगेको हो । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरले जानकारी दिएअनुसार पछिल्लो २४ घन्टामा २० हजार ६३४ जना नयां संक्रमित थपिएका छन् ।

बेलायतमा कोरोना संक्रमितको संख्या ३८ लाख ९२ हजार ४५९ पुगेको छ । केही दिनयता बेलायतका अस्पतालमा भर्ना हुनेको संख्यामा कमी आएको स्वास्थ्य विभागको तथ्यांकमा उल्लेख छ । हाल यहाँका अस्पतालमा ३१ हजार ६७० जना संक्रमितको उपचार भइरहेको छ भने तीन हजार ६२५ जना संक्रमित भेन्टिलेटरमा उपचारार्थ छन् ।

बिहीबार सार्वजनिक तथ्यांकअनुसार बेलायतमा झन्डै डेढ करोड मानिसहरुले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेका छन् । डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको जानकारी अनुसार हालसम्म एक करोड ४ लाख ९० हजार ४८७ जनाले खोपको पहिलो डोज लिएका छन् । जसमध्ये पाँच लाख एक हजार ९५७ जनाले खोपको दोस्रो (अन्तिम) डोज लिइसकेको स्वास्थ्य विभागले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!