सिर्जना [गद्य कविता]

SHARE:

भौतिक दैविक वा आत्मिक शक्तिले
सांसारिक इच्छा भित्र
अनेकौं भाव तरङ्ग तरङ्गित हुन्छ्न
शान्त तलाउमा बस्तु फ्याँक्दा निस्के झैं
मानस पटलबाट निस्कने कल्पना हो
श्रृजना नै कल्पना हो
कल्पनामा अनेकौं खोज हुन्छ्न
सृजना नैं चाहना हो
चाहना सिर्जित कल्पनाले
सृजनाको बाटो देखाउँछ
साहित्य संगित कला भित्र
भौतिक दैविक र भावनाको मूल हो
लगनशीलता चाहना र कल्पनसंग हुन्छ
हरेक जीवनको शुरू र अन्त्य श्रृजना हो
प्रकृति आफैले निर्माण गर्छ
आफैले अन्त्य गर्छ सृजनाको खजाना
सृजना अणु परमाणु न्यूटोन प्रोटोन संग
सृजना जन्म र मृत्यु सँग
सृजना भौतिक र दैविक शक्ति सम्म
सिर्जना प्रकृति र व्योम खगोल तक
श्रृजना प्राणी र वनस्पतिकी सम्बनध
अनुबन्धित हुन्छ
सृजना साहित्य कला सङ्गीत हो
सृजना निधि कानून र नियम हो
मानवीय सोचाई ले जे जस्तो बिचार दिन्छ
हरेक कुराको उदगम आदि तत्व नै श्रृजना हो
मानिस सृजनाको खजानामा रमाउन खोज्छ
भौतिक सृजनाले हाम्रो जीवनलाई थप्न सक्दैन
आखिरी सृजनाको विषय अत्यन्त रोचक छ रहष्यपूर्ण छ
बुझ्यो कठीन झन बुझ्यो अति कठिन
दर्शन राजनीति विज्ञानप्रविधिलाई
सृजित गर्ने अदृश्य शक्ति नै श्रृजना हो
गुरू श्रृजना हो
चेला श्रृजना हो
प्रकृति सारा श्रृजना हो
श्रृजित गर्ने शक्ति नै श्रृजना हों
बिना श्रृजना यो जिन्दगी समाज र संसारमा
सुन्य हुनेछ
अन्य हुनेछ
गतिशील हुनु नै श्रृजना हो
शक्ति शाली बन्नू नै श्रृजना हो
जीवन दर्शन बुझ्नु नै श्रृजना हो
रहस्यलाई देखाउनु नै श्रृजना हो
परन्तु हामीले साघुरो घेरा तोड्नुछ
मानवीय भावना लाई जोड्नुछ
संसार आँगनमा ल्याउने बिज्ञान प्रबिधि बुझ्नु छ बुझाउनु छ
मानवीय मूल्य मान्यता लाई सम्झाउनु छ
महान् वैज्ञानिकहरू सर्जक हुन श्रृजना गरे
महान् साहित्यकार सर्जक हुन श्रृजना भरे
जस्ले निर्माण गरेको थियो संसार र प्रकृति
शायद त्याे पहिलाे श्रृजना थियो
सृजना केवल कविता कोरेर हैन
मानवीय सहयोगकालागि गरीएको अनुरोध हो
सृजना गम्भीर छ
सृजना रहस्यपूर्ण छ
म यही सृजनाको खजानामा हराईरहेको छु
………

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!