
तुलसी बस्नेत
बि. एफ. बि. एस. गोर्खा रेडियो नेपाल
मलाई छोरी जन्माउन मन छ
अनि उसको नाम
रामकुमारी राख्नु छ
मर्जी सरकार
कतै भृण सँग त डराउदैनौं होला नि
उसको तोते बोली
थुन्दैनौं होला नि ?
उसको बोलीमा लाखौं ताली बज्दा
तिम्रो मुटुको धडकन नबढोस्
न्यायको पक्षमा उसले बोल्दा
बिचार उसले ओकलि रहँदा
तिमीले बिचरो बनेर
पक्रऊ पुर्जी जरी नगर्नु
मलाई छोरी जन्माउन मन छ
अनि उसको नाम
रामकुमारी राख्नु छ
रामको नाम जपेर
राम कुमारीको
बोली थुन्दैनौ भने
श्रम र श्रमिकको
बोली बोल्दै गर्दा
आफ्नो रगतले लेखेको
संबिधानको कुरा गर्दै गर्दा
वाक स्वतन्त्रताको
कुरा गर्दै गर्दा
बिधि र थिति
बसालौं भन्दै गर्दा
सरकार उसको लागी
पक्राऊ पुर्जी जारी गर्दैनौं भने
मलाई एउटी छोरी जन्माउने मन छ
जसको नाम
रामकुमारी राख्नु छ !!






