काठमाडौँ । वरिष्ठ न्यूरो सर्जन प्रा डा उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एल्लाइड साइन्सेसले जनाएको छ । उनको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।

इन्ष्टिच्यूटले शनिबार विज्ञप्ति जारी गर्दै प्रा डा देवकोटाको अवस्थालाई लिएर सामाजिक सञ्जालमा आइरहेका खबरमा कुनै पनि सत्यता नरहेको स्पष्ट पारेको छ । अस्पतालबाट जारी गरिने आधिकारिक जानकारीबाहेकका भ्रामक सूचनामाथि विश्वास नगर्न सबैमा आग्रह गरिएको छ । अस्पताल तथा देवकोटा परिवारले प्रा डा देवकोटाको स्वास्थ्यावस्थाका बारेमा चासो राख्ने सबैप्रति धन्यवाद ज्ञापन गरेका छन् ।






