
रुपा पुन – बेलायत
कुकुरीकां !!! भालेको डांको संगै ८ वर्षे डल्लु को निद्रा छुट्छ आंखा मिच्दै सिरक माथि तान्दै हरफर्काउछ र फेरी एकछिनपछी भुसुक्कै निदाऊछ। डल्ली ! ए डल्ली कति सुतेको ऊठ! मुनीतला बाट बजैको आवाजले डल्लु को निद्र खुल्छ । ऊठें आए बजै! भन्दै सकिनसकि भारी सिरक पटाएर सिरानीमाथी राखेर मुनीतला जान्छे अनी पानी लिन धारातिर लाग्छे। काली ख्याउटी डल्ली परिवारमा सबै भन्दा नराम्री डल्लु सबै बाट माया पनि केही प्रतिशत कम पाउने गर्छे सबैलाई सबै राम्रै त मन पर्छ नि ।घारामा साबुनले धोटी धोटी मुख हातखुट्टा धुन्छे उस्को कलिलो मष्टिश्क धेरै कुराहरू सोच्दै।
खानपान सके पछि बाख्राको खोर बाट बाख्राहरु निस्काएर घर देखी माथीको डांडा तिर लाग्छे ।चार औंला ठुलो लामो चप्पल लगाएर प्याटप्याट आवज गर्दै नाकको सिगान पुछ्दै बाख्राहरुको पछि लाग्छे ।पाखामा बाख्राहरु चर्दै छन डल्लु ठुलो ढुंगा को डिलमा बसेर तल आफ्नै रफ्तारमा बग्दै गरेको काली गण्डकीलाई हेर्दै बस्छे । त्यो गण्डकी कहॅा सम्म पुग्छ होला पारीको गोरेटो बाटै बाटो हिडे कता जान्छहोला । आमाले त संसार छाडेर जानु भो बाबा प्रदेश गएको त्यो बाटो हुदै जानपाए बाबालाई भेट्थ्यो होला ? यस्तै अनेक कुराहरु मनमा खेलाउदा खेलाउदै ऊ त्यहि निदऊछ | पानीको थोपासंगै डल्लु को आंखा खुल्छ एक्कासी पानी दर्किन्छ हतार हतार ठुलो रुखमुनी ओत लाग्छ पानी बसेपछी सबै बाख्राहरु बटुलेर लिथुरुक्क भिजेको लगलग कामदै बाख्रा धपाउदै घरतिर लाग्छ । घर पुग्दा झमक्कै आंध्यरो हुन्छ। बाजे र बजै घरको ढोकामा टिसुक्क बसेर डल्लुको बाटो हेरीरहेका थिए पारिपट्टि छिमेकी को कुकुर भुक्दै थियो डल्लुलाई देखेपछि बाजे र बजैको मन ढक्क हुन्छ|






