विनेसाम केन्द्र र यूके शाखाको संयुक्त सिर्जना वाचन

SHARE:

लन्डन फागुन ५ । विश्व नेपाली साहित्य महासङ्घ विश्व केन्द्रीय समितिले यूके शाखासँग संयुक्त रूपमा साहित्यिक सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेको छ । सिर्जना वाचन तथा विमर्शको नवौँ श्रङ्खलाअन्तर्गत केन्द्रले साउथ यूकेसँग स्रष्टा भेटघाट र सिर्जना प्रस्तुतिको कार्यक्रम राखेको हो ।

प्रत्येक महिनाको १५ तारिखमा हुने श्रङ्खलाअन्तर्गत सोमबार साउथ यूके शाखाआबद्ध स्रष्टाहरूसँग अन्तरक्रियासँगै सिर्जना वाचन कार्यक्रम गरिएको अध्यक्ष सुरेन्द्र लिम्बु परदेशीले जानकारी दिए । केन्द्र र शाखाबीच प्रगाढ सम्बन्ध स्थापना गर्दै साहित्यिक गतिविधिमा टेवा पुर्‍याउन नियमित संवादको श्रङ्खला ल्याइएको अध्यक्ष परदेशीले जनाए । उक्त कार्यक्रममा दुई दर्जन बढी स्रष्टाहरूको उपस्थिति रहेको महासचिव सुनिता राई कन्दङ्वाले जनाइन् ।

कार्यक्रममा केन्द्रबाट प्रा.डा. भीम खतिवडा(नेपाल), डा. मधु श्रेष्ठ(अमेरिका), सुरेन्द्र लिम्बु परदेशी(भारत), डा. लेखनाथ काफ्ले(ताइवान), सावित्रा लुइँटेल घिमिरे(इजरायल), सुनिता राई कन्दङ्वा(इजरायल), भुवन रोक्का(जापान), कल्पना पौडेल जिज्ञासु(नेपाल), डा. नाज सिंह(भारत), राहुल राई बोगिको(भारत)ले आफ्नो सिर्जना वाचन गरेका थिए । त्यस्तै, साउथ यूके शाखाबाट औतारी साइला, थिर थापा मगर, सेमन्त राई र अमित थेवेले कविता, मुक्तक र गीत सुनाएका थिए । वाचन गरिएका सिर्जनाहरू उपर केन्द्रीय सल्लाहकार समेत रहेका प्रा.डा. खतिवडा र उपाध्यक्ष सावित्रा लुइँटेल घिमिरेले समीक्षा गरेका थिए ।

नेपाली साहित्य र सँस्कृतिको विश्वव्यापी प्रचार गर्ने हिसाबले विनेसामको स्थापना १३ जुलाई २०१० मा भएको थियो । महासङ्घले २० वटा मुलुकहरूमा रहेको २८ वटा शाखा समितिहरूमार्पmत् आफ्नो संस्थागत गतिविधहरू अघि बढाइरहेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!