पेटको उपचारका लागि पूर्वप्रधानमन्त्री डा. भट्टराई भारत प्रस्थान

SHARE:

काठमाडौं फागुन ९ । पेटको उपचारका लागि पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई आइतबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

डा. भट्टराई स्वास्थ्य उपचारका लागि नेपाल वायुसेवाको विमानबाट नयाँ दिल्ली गएको उनको सचिवालयले जनाएको छ । भट्टराईका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका भट्टराई पेट सम्बन्धी समस्याबाट पीडित छन् ।

अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरेकाले डा भट्टराई उपचारका लागि दिल्ली गएका पाण्डेले बताए । उनको त्यहाँ ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा उपचार हुने बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!