लाहुरेनी फूलबारे मेरा दुई/चार शब्द

SHARE:

बत्तिस्नीको कथाबाट उठान गरिएको यो उपन्यास सुर्य, शिखा र दीपको त्रिकोणात्मक वियोग दु:खद रुपमा अन्त हुन्छ।

उपन्यास भरी युद्ध साहित्यले बाहुल्यता पाएको अनुभूत भयो त्यसो त यहाँ एक सच्चा प्रेमी र प्रेमिकामा भएको प्रेमको बलिदान उत्तिकै सह्रानीय छ । एक अबोध बालबालिका हुर्कदैं जाँदा अन्जान रुपमा उर्लंदो बैंसको नछेकिने भेलले अनेकौं पिडा र यातना जीवनमा दिने गर्दछ ।

त्यसका बिरुद्ध चाहेर पनि हाम्रो समाजमा खुल्ला रुपले मुकाबिला गर्न सक्दैनन् ती प्रेमजोडीले परिवारको अवस्था वा आर्थिक विवशताले गर्दा केवल आफ्नो मनलाई कुण्ठित बनाई बाहिर हाँसेर भए पनि जीवनको आहुती दिनु पर्ने कुराको चित्रण दीप र शिखाले दिएका छन् । आफुले चाहेको कुरा पाउन खुल्ला रुपमा आफ्नो आमा बाबासंग प्रस्तुत हुन नसकेर एक मौन स्वीकृति दिने र आफ्नो बालबच्चाको मनका कुराहरुलाई कुनै प्रस्रय दिन नचाहने समाजको चित्रण यो उपन्यासमा पाइन्छ ।

भाषा एकदम सरल र समाजमा बोलिने शब्दहरु टपक्कै टिपेर सहज रुपमा छोटो वाक्यमा प्रश्तुत गर्नु उपन्यासकारको बिशेषता हो। देशको राजनीतिक परिस्थितिले सृजना गरेको सामाजिक विस्थापनलाई शिखा र उनको परिवारले प्रतिनिधित्व गरेको कुरा यहाँ अनुभव गर्न सकिन्छ। गाउँ घरको शिक्षा प्रणाली र डेरा गरेर परिक्षा दिन सदरमुकाम जानु पर्दा विद्यार्थीले भोग्नु पर्ने शैक्षिक समस्यालाई यस उपन्यासमा धेर थोर अनुभूत गर्न पाईन्छ।

नेपालकै सुन्दर प्राकृतिक सौन्दर्यताले भरिपूर्ण चिया बगानका ती रमणीय दृश्यहरुको भरपुर सदुपयोग दीपशिखाले गरेको पढ्न पाउँदा म आफ़ुलाई नै दीप भएर त्यहाँ पुगेको महसुश हुन्छ। यस उपन्यासको कथावस्तु शुरु देखि अन्त सम्म सरल रुपमा बगेको छ। मुख्य गरेर लाहुरेको सेरोफेरोमा पल्टने जीवन शैलीलाई चिरफार गर्न सफल यो उपन्यास नेपाल देखि लाहुरे हुन चाहनेहरुले आर्थिक रुपमा आफु र परिवारलाई सबल बनाउन सक्छ भन्ने विश्वास सबैको हुने कुरालाई देखाउन खोजेको छ।

पारिवारिक दबाबले होस् वा रहरले होस् अन्तमा नेपालको बेरोजगारी प्रथालाई लाहुरे हुन नसके पनि अरबको गर्मीमा आफुलाई बाध्यताले पुर्याएको एक नाजुक चरित्रको चित्रण दीपले गरेका छन्। लाहुरे र लाहुरेनीको जीवन अरुको नजरमा खुशी र सपन्न देखिए पनि वास्तवमा उनीहरु भित्र लुकेको कथा पति पत्नीलाई समेत थाहा हुदैन भन्ने कुरा सुर्य र शिखाको आचरण बाट थाहा हुन्छ ।

नत सुर्यले एक पटक शिखालाई राम्रो संग चिन्न खोज्यो नत शिखाले नै उसलाई चिन्न खोजि आफनै बच्चाको अनुमति बिना गरिएको निर्णयले अवश्य उनीहरुको जीवन तहस नहस बनाउँछ भन्ने कुरा समेत उपन्यासकारले छर्लंग देखाउन खोजेकी छन् । परिवारका सदस्यको दबाबले गरिएको विवाहको निर्णय सफल नहुन सक्छ र यसको परिणाम नराम्रो हुने कुरा यस उपन्यासका पात्र सुर्य र शिखाले भोगेका छन्। सामाजमा अन्तरजातिय विवाहले समाजका चरित्रलाई पारेको प्रभाव र त्यसको पीडालाई दीपको परिवारमा देखाउन खोजिएको छ।

यस उपन्यासका पात्रहरु सबै हाम्रै छेउ छाउमा रहेका नामहरु टपक्कै टिपेर राख्नु भएकोछ तर सबै भन्दा उपन्यासको सार्थकता भने दीप, शिखा र सुर्य सबै समाजका उज्याला चरित्र हुन् र रहिरहने छन् आ–आफ्नै स्थानमा दीपलाई सच्चा प्रेमको भोको, समाजको बिकृतिसंग लड्न चाहने तर प्रेमको अगाडी चुकेको असफल व्यक्तिका रुपमा चित्रण गरिएको छ । दृढ संकल्प हुँदाहुँदै पनि शिखाको लागि आफ्नो जीवन समर्पण गर्न विवश छ ।

शिखा धेरै सुन्दर भविष्यमा उन्त्साहित नहुने, नजानिँदो किसिमले यौवनको अनुभूति भित्र डुब्न सक्ने तर मनको कुरा बाहिर देखाउन नचाहने मौनरुपमा मानशिक रुपमा ग्रस्त एक शान्त चरित्र, सुर्य एक बिशुद्ध लाहुरे जो आफ्नै काममा धेरै व्यस्त तर आफ्नो श्रीमतीको भावना बुझ्न नसक्ने र बुझ्न नजान्ने चरित्र, नुमा एक प्रमुख पात्रकी बालशखी समाजमा पिडित चरित्र, एलिसा सुन्दर लाहुरेनी सपनामा डुबेर आफैंलाई प्रोत्साहन गराउने पात्र जो अन्तमा जीवन यथार्थताको धरातलमा ओर्लन सफल, प्रेमा एक साधारण लाहुरेनी जो लाहुरेनीको वातावरण भित्र नै सिमित छ ।

शिखाको पापा कताकता एक बैमानी पात्र जसले आफ्नै परिवारलाई छल गरेको पो होकी भन्ने संकेत, नुरिन जो शिखा भन्दा एक हद बढी लुटिएकि पात्र जस्ले कति लाहुरेहरुले गरेको बेईमानिको शिकार बनेका चरित्रहरु मध्येका एक बेकसूर चरित्र आफ्नो अप्राप्य चाहना कुनै दिन पुरा हुने आशामा एक्लो भई जिन्दगी खेर फाल्न बिवस बिचरा नुरिन !

उपन्यास राम्रो छ, चाख लाग्दो साथै कौतुहलता बढी रहन्छ नसकिन्जेल सम्म शिखा र लाहुरेनी फुल अजर अमर भएर जुनीजुनी सम्म एक सच्चा प्रेमको प्रतीकको रुपमा रहने निर्णय गरी यो उपन्यास बन्नु एक नयाँ प्रस्तुति जस्तो लाग्यो। जसरी लाहुरेनी फुल क्यानभासमा रहन्छ त्यसरी नै दीप र शिखाको यो जुनीको असफल प्रेम अर्को जुनीमा पुनर्मिलन अवश्य हुनेछ भन्ने आशा पनि छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!