बेलायतमा नेपाली नयाँ वर्ष कार्यक्रम भव्यरुपमा सम्पन्न

SHARE:

लन्डन । बेलायतस्थित नेपालीहरूको जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेले संयुक्त कार्यक्रम आयोजना गरी नेपाली नयाँ वर्ष २०८३ भव्य रुपमा मनाएका छन् ।

शनिबार १८ अप्रिलमा साउथह्यारोस्थित गोल्डेनसिप रेस्टुरामा आयोजित समारोहमा नयाँ वर्ष मनाइएको हो । कार्यक्रमलाई सबोधन गर्दै प्रमुख अतिथि बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीले विदेशमा नेपाली पहिचान जिवन्त राख्न नेपाली भाषा, साहित्य, संस्कृतिजस्ता मूलभूत कुराहरूलाई संरक्षण र संबर्धन गर्न नेपाली साहित्य विकास परिषद् यूकेले निरन्तर गरेका गतिविधिहरू अत्यन्त सराहनीय रहेको बताए । त्यसक्रममा सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेका नवनिर्वाचित पदाधिकारीहरुलाई सफल कार्यकालका लागि शुभकामना व्यक्त गरे ।

समारोहमा ब्रिगेडिएर जनरल अनुप शाहले नयॅा वर्ष २०८३ सालको शुभकामना ज्ञापन र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेले नयॅा कार्यसमितिलाई बधाई दिए । बेलायतमा नेपाली भाषा, साहित्य कलाजस्ता नेपाली पहिचानहरूलाई जिवन्त राख्न नेपाली साहित्य विकास परिषद् यूके र सुदूरपश्चिम नेपाली समाज यूके ले गरेका प्रयासहरू सराहनीयरहेको बताए ।

परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले नेपाली साहित्य विकास परिषद् यूके र सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेसँग मिलेर नेपाली पहिचान बोकेको नयाँ वर्ष कार्यक्रम मनाएर आफूहरुले गाउँघर चौतारी र भञ्ज्याङहरूलाई सम्झिरहेका छौँ भने।

त्यसैगरी सुदूरपश्चिम नेपाली समाज यूकेका पूर्व अध्यक्ष खेमराज जोशीले बेलायतको भूमिमा नेपाली भाषा साहित्यलाई जोगाउँदै नेपाल र नेपालीको पहिचान फैलाउने कार्यमा नेपाली साहित्य विकास परिषद् र सुदूरपश्चिम नेपाली समाज यूकेले संयुक्त कार्यक्रम गरेर नेपाली कला,भाषा, साहित्य र संस्कृतिको विकासमा लागिपरेको बताए ।

सुदूरपश्चिम नेपाली समाज यूकेका नवनिर्वाचित अध्यक्ष पदम रावलले विदेशमा सुदूरपश्चिम नेपाली समाज यूकेले आफ्नो स्थापनाकालदेखि नै नेपाली नेपाली गीतसङ्गीत, संस्कृति र भाईचारा समृद्ध गर्नुका साथै परिआउँदा आर्थिक सहयोग गर्नेगरेको चर्चा गरे ।

यसअघि स्वागत मन्तव्य राख्दै संथाका महासचिव योगेश महतले बेलायतमा नेपाली भाषा साहित्य, संस्कृतिको संरक्षण र संबर्धन गर्नमा नेपाली साहित्य विकास परिषद् यूके ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको चर्चा गरे ।

स्वागत सम्मान, कविता वाचन र देउडा गीत सङ्गीतको समेतको संयोजन रहेको उक्त नयाँ वर्ष उत्सव समारोहममा ध्रुव केसी, घनबहादुर थापा मगर, डा.सुधा श्रेष्ठ, मनोज अन्जान,वासु सापकोटा, वसन्त रायक्षेत्री,हरिसिंह थापा, सुष्मा भट्टराई र कोमल मल्ललगायतबाट कविता वाचन गरिएको थियो । कल्पना जोशीले देउडा, रविद्र पाण्डेले नृत्य र योगेश महतले गीत गाएका थिए ।

यसअघि समारोहमा सुन्दर सुदूरपश्चिम नेपाली समाज यूकेका नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा आजीवन सदस्यहरुलाई कार्यवाहक नेपाली राजदूत दुवाडीबाट पदाधिकारी प्रमाणपत्र र आजीवन सदस्यताको प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । यसअघि भानबहादुर चन्दले संस्थाको आर्थिक वासलात, महासचिव योगेश महतले प्रगति विवरण र श्याम चन्दले नयाँ कार्यस्मितिको घोषणा गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिमा पदम रावल अध्यक्ष,सुनीता ढुंगाना र शैली चन्द राणा, महासचिव सुषमा पौडेल, सचिव रविन्द्र पाण्डे,कोषाध्यक्ष सुजन्तजंग शाह रहनुभएको छ भने कार्यकारिणी सदस्यहरुमा बिष्णु भट्ट,दीपा रावल कुँवर,आयुष चन्द,बबि बोहरा, कल्पना जोशी रहेका छन् । यसैगरी सल्लाहकारहरुमा डा.श्यामचन्द, कोमलप्रसाद श्रेष्ठ मल्ल, डा. जीव आचार्य,डा. खेम जोशी, सुरेन्द्र ढुंगाना, भानबहादुर चन्द, बासु जोशी, खेमराज जोशी,योगेस महत र बिष्णु त्रिपाठी रहेका छन् ।

कार्यक्रमको अन्तमा रमाइलो जलपान र नयाँ वर्षको हार्दिकता आदानप्रदान गरिएको थियो । सभापतिको आसनबाट जलपानतर्फ सहयोग र सहभागिताका लागि आभार प्रकट गर्दै अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले सहभागी सबै अतिथिमा धन्यवाद अर्पण गरे ।

कार्यक्रममा डा. जनककुमारी धिताल, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, डा. सुधा सुधा श्रेष्ठ, मदन थापा, बसन्तराय क्षेत्री, मनोज अन्जान,कोहिनूर मल्ल, राजेन्द्र श्रेष्ठ, सीतु खरेल, प्रार्थना शाह, आरती श्रेष्ठ, आरएस श्रेष्ठ,श्याम चन्द,सुरेन्द्र ढुंगाना,आदीको उत्साहवर्दक सहभागिता रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!