एकै ठाउँमा छ वटा  घुम्तीको भएको सहर  

SHARE:

जयराम तामाङ

बेलायत – घुम्ती भन्ने बितिकै घुमेको बाटो भनेर हामी सम्झन्छौ।  संसारमा धेरै घुमेको बाटोहरु होलान तर एकै ठाउमा धेरै घुम्ती भएको ठाउ भने बिरलै हुन्छ।  कोहि बाटोहरु मान्छे  हिड्नको लागि बनेको हुन्छ भने कोहि बाटो सवारी साधनहरु हिड्नको लागि बनेको हुन्छ।  हाम्रो नेपालमा पनि अतिनै प्रसिद्द बाइ रोडको बाटो  सात घुम्ती  प्राय सबै नेपालीहरुले सुनेको अनि देखेको बाटो हुनु पर्दछ।  अतिनै  रमणीय स्थलहरु हुदै जाने बाटो  जहा बनै रातो हुने गरि लाली गुराँस का फूलहरु फुलिरहेको हुन्छन।

तर त्यो सात घुम्तीको बाटो जतिनै घुमेर गए पनि आए पनि आउनर र  जानको लागि बनाएको दोहोरो बाटो हो ।  तर म बसेको शहरमा यस्तो घुम्ती छ जहा जो कोइ हत्त पत्त जान को लागि डराउने गर्दछ।  बिशेष गरेर सवारी साधन सिकेर जांच दिन जाने बेलामा त्यो घुम्तीमा नपरोस भनेर प्रार्थना पनि गर्ने गर्दछ।  प्राय जसो त्यो ठाउमा दिउसो नै बत्ति बलिरहेको हुन्छ।  पाँच वटा छेउ छेउमा र बिचमा ठुलो एउटा गरेर छ वटा घुम्ती हरु एकै ठाउ मा बनाएको छ।  जुन घुम्ती हेर्नको लागि मानिसहरु टाढा टाढा देखि  पनि आउने गर्द छ ।  बेलायतको सुइडन शहरको म्याजिक राउण्डअबाउट नामले प्रसिद्द त्यो घुम्ती मा  सवारी साधन चलाउदा अति नै साबधानी अपनाउनु  पर्ने  हुन्छ।  पहिलो चोटी जाने मान्छे एकदम  नै झुक्कि रहेको हुन्छ।  घुम्ती बाटोमा युरोप को  देशहरुमा देब्रे बाटो आउने सवारी साधनहरुको  पहिलो अधिकार हुन्छ भने सयुक्त अधिराज्य बेलायतमा भने दाहीने बाटो आउने सवारीसाधनहरु को  पहिलो प्राथमिकता हुने गर्द  छ।  कहिले काही बाटो भुल्यो भने अलि ठुलो ठुलो घुम्तीहरुमा  दुइ तिन फन्को नै घुमी रहेको हुन्छ।
मलाइ त्यो  घुम्ती बाटो को कुरा गरि रहंदा  अलिकता नेपाल को राजनैतिक लाइ पनि जोड्न मन लाग्यो।  छयालीस सालको आन्दोलन पछि जव नेपालमा भिभिन्न किसिमको नाम मात्र को तन्त्र हरु आए, त्यस बेला देखि नेपालको राजनैतिक मा पनि त्यहि प्रबिर्तिको अथवा एकै किसिमको राजनैतिक खेलहरु दोहोर्याई रहेको छ।  जसरि घुम्तीमा ड्राइबर ले  गाडीको स्टेरिंग घुमाउछ त्यसै गरि सत्ताको लुछा चुडिको लागि त्यही नेताहरु घुमीफिरी देशको दोहन गरिरहेको छ।  मैले सुनेको र देखेको देखि त्यहि नेताहरुले आलो पालो गरेर देशमा रजाइ गरि रहेको छ।  कहिले काँही बेलायतको घुम्ती बाटोहरुमा बेइमानीहरु ले जानी जानी पनि सानोतिनो दुर्घटना गराएर बिमा कम्पनिहरु बाट पैसा असुल्ने गरेको
घटना हरु सुन्ने गरेको छ।  बिशेष गरेर साइकल चालकहरु जानी जानी कार तिर आफै आएर ठोकिने अनि कार चालक लाइ दोषी ठहराउन को लागि लडेको जस्तो गरि चलि रहेको हात खुट्टा पनि नचलेको जस्तो भान गरेर बिमा कम्पनि हरुलाई  दोहन गरेको खबरहरु पनि सुन्न सकिन्छ।  तेस्तै नेपाल मा पनि जानी जानी संबिधान लाइ बिघटन गर्यो त्यहि नेताहरु , फेरी पुनस्थापन गर्यो त्यही नेताहरु, कसरि देशको मुहार बदल्न सकिन्छ र ? मलाइ त नेपालको सात घुम्ती चाहि अलिकता ठिक लाग्यो किन भने त्यो बाटोमा त सवारी साधनहरु आउने जाने गरे पनि  त्यहि नै त घुमी रहदैन नि ।  यहाँ बेलायत को घुम्ती बाटो र नेपालको राजनैतिक चाहि एउटै जस्तो लाग्यो।
जव सम्म घुम्ती बाटोमा नया नया सवारी साधानको साथमा नया नियम जानेको कुशल ड्राइबरहरु  आउदैन  तब सम्म त्यो पुरानो कार ले इन्जिन हरु  खराब हुदै गए पछि   बातावरण लाइ प्रदुषण बनाउदै गएको हुन्छ अनि  ड्राइबरको आँखाहरु पनि धमिलो हुदै गए पछि दुर्घटना हरु निम्त्याउने गर्दछ।  सबैले नया कार अनि नया बाटो को नै इच्छा गरेको हुन्छ।  बेलायतमा कार किन्नु सस्तो पर्छ तर किनेर मर्मत सम्भार गरेर चलाई राख्नु भने अतिनै महँगो पर्छ।  बिमा गर्नु पर्यो , बाटो को लागि  सरकारी दस्तूर तिर्नु पर्यो , बर्षे पिच्छे स्वास्थ जांच गर्नु पर्यो  तेल हाल्नु पर्यो , सबै थोक गर्दा धेरै महँगो पर्दछ ।  नेपाल मा नेताहरु जति पनि पाइन्छ , राजनैतिक पार्टीहरु पनि संसारको भन्दा सबै भन्दा बढी पार्टी दर्ता पनि नेपालमै होला तर काम गर्ने नेताहरु कमै मात्र होला जस्तो लाग्छ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!