“वर्तमान नेपाली महिलाहरूका अवस्था तथा विश्व नारी दिवश”

SHARE:

चिम्खोले काईला

बेलायत – सन् २०२१ मार्च ६ का दिन विश्व नेपाली साहित्य महासंघ युके पश्चिमा शाखाले १११ रौँ बिश्व नारी दिवस मनाएको छ। सो अबसरमा शाखाले वर्तमान नेपाली महिलाहरूको अवस्थाको बारेमा बिभिन्न देशहरुबाट बिभिन्न क्षेत्रमा ख्यातिप्राप्त तथा बिज्ञ बक्ताहरुले बिभिन्न बिषयमा प्रकाश पारेका थिए ।

कार्यक्रममा लिला सेलिङ माबो, नानू राना, लाल सुन्दर राई, जानु काम्बाङ, जीत बुढाथोकी, चिम्खोले काईला, भरत लोहोरूङ राई, गोमा राना, शान्ति लिम्बु, मुकेश राई, गंगा थापा राना, मनु पाईजा, मनुर मनु राना, देवी आले र लिला पुन,औतारी साइला, विजय हितान, थिर थापा मगर, अमित थेबे, सेमन्त राई, किरण चाम्लिङ्ग लगायत संसारभरीबाट आमन्त्रित कबि तथा कवियत्रीहरुले कबिता र मुक्तक बाचन गरेका थिए ।

विश्व नेपाली साहित्य महासंघ युके पश्चिमा शाखाको अध्यक्ष लालसुन्दर राइको अध्यक्षतामा संचालित पहिलो चरणको कार्यक्रमलाई संस्थाका सचिब शान्ति लिम्बुले संचालन गरेका थिए भने सल्लाहकार खेम गुरुङ र कार्यक्रम संयोजक गोमा रानाले स्वागत मन्तब्य दिएका थिए। प्रमुख अतिथिमा नेपाली राजदुतावासको उपनियोग प्रमुख रोशन खनाल हुनहुन्थ्यो भने बिशेष अतिथिहरुमा विश्व नेपाली साहित्य महासंघका संथापक केन्द्रिय अध्यक्ष विश्वासदीप तिगेला, केन्द्रिय अध्यक्ष सुरेन्द्र लिम्बु, केन्द्रिय महासचिब सुनिता राई कन्दंवा, अध्यक्ष पुनम गुरुङ, बरिष्ठ साहित्यकारहरु मोमिला जोशी, बिमला टुम्खेवा, लगायत बिभिन्न साहित्यिक संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले उपस्थिति जनाउनको साथै शुभकामना मन्तब्य दिएका थिए ।

कार्यक्रम नेपाली राष्ट्रिय गित सेमन्त राइको बासुरीको धुनद्वारा शुरु भएको थियो भने विश्व नेपाली साहित्य महासंघका केन्द्रिय उपाध्यक्ष स्वर्गीय सावित्रा लुइँटेलको दिबंगत आत्माको चिर शान्तिको कामना गरेका थिए। दोस्रो चरणको साहित्य कार्यक्रमलाई कवियत्रीहरु गोमा राना र लिला सेलिङ माबो संयुक्तरुपमा संचालन गरेका थिए।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!