कोरोना भाइरस बढेपछि केन्यामा फेरि दुई महिना कर्फ्यु घोषणा

SHARE:

नैरोबी फागुन २८ । केन्यामा फेरि दुई महिनाका लागि कर्फ्युको घोषणा गरिएको छ । राष्ट्रपति उहुरु केन्याटाले शुक्रबार कर्फ्यूको समयावधि लम्ब्याइएको घोषणा गरेका छन् ।

रातिको समयका लागि मात्रै लगाइएको कर्फ्यूको बेलामा केही गतिविधिहरु गर्न प्रतिबन्ध लगाइएको छ । यो कर्फ्यू देशव्यापी हुने अधिकारीहरुले जनाएका छन् । केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको सङ्ख्यामा वृद्धि हुँदै गएकाले त्यसलाई न्यूनीकरण गर्नका लागि कर्फ्यू लगाइएको राष्ट्रपति केन्याटाले बताएका छन् ।

केन्यामा अब तेस्रो चरणको महामारी फैलिन सक्ने चेतावनी दिइएको छ । त्यसैले होटल, बार तथा रेस्टुरेन्टहरु राती ९ बजेपछि बन्द गरिसक्न निर्देशन छ । पूर्वी अफ्रिकी कतिपय देशहरुमा जस्तै केन्यामा पनि अहिले दिउँसोको समयमा समेत धेरै गतिविधिहरुमा प्रतिवन्ध लगाइएको छ । केन्याका बैदेशिक सिमानाहरु अहिले पनि बन्द गरिएको छ भने विद्यालयहरुमा पनि विदा दिइएको छ । हरेक दिन बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म कर्फ्यू लागु हुने जनाइएको छ ।

केन्यामा कारोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको कूल सङ्ख्या अहिलेसम्म झण्डै एक लाख १२ हजार पुगेको छ । त्यसैगरी एक हजार ९०१ जनाको कोरोनाका कारण मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!