मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिम आँधीमा परी छको मृत्यु

SHARE:

मंगोलिया २ चैत । मंगोलियामा भीषण रुपमा आएको धुलोसहितको आँधीबेहरी र हिमआँधीमा परी गत एक हप्ताभित्र कम्तीमा छ व्यक्तिको मृत्यु भएको देशको राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले सोमबार जानकारी दिएको छ । आँधीहरुमा हराएका ५४८ जनामध्ये जना ४६७ जीवित भेटिएका नेमाले जनाएको छ ।

दुर्भाग्यवश, दक्षिणी प्रान्त दुंडगोभीमा पाँच व्यक्तिको मृत्यु भएको र आँधीबेहरीका कारण मध्यपश्चिमी प्रान्त अर्खनाईमा एक पाँच वर्षको बालकको मृत्यु भएको बताइएको छ ।

हराइरहेको व्यक्तिको खोजी भइरहेको पनि नेमाले जनाइएको छ । आँधीबेहरीमा कैयौ प्रान्तहरु र विशेषगरी डण्डगोभी प्रान्तमा विद्युतीय लाइनहरु काटिएको जनाइएको छ । मंगोलियामा धुलोसहितको आँधीबेहरी र हिमआँधी प्रायः आउने गरेको पाइन्छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!