टोकियो क्षेत्रमा सङ्कटकाल अन्त्य गर्न विज्ञहरूको सिफारिस

SHARE:

जापान चैत ५ । जापानको राजधानी टोकियो क्षेत्रमा लगाइएको सङ्कटकाल अन्त्य गर्न विज्ञहरूले सिफारिस गरेका छन् ।

रोग सङ्क्रमणसम्वन्धी विज्ञहरू र यससम्वन्धी सरकारी अधिकारीहरूबीचमा भएको छलफलका क्रममा विज्ञहरूले सङ्कटकाल हटाउनु उपयुक्त हुने निश्कर्ष सुनाएका हुन् । कोरोनाभाइरसको महामारीको पछिल्लो अवस्थालाई हेरेर सङ्कटकाल हटाउनु पर्ने निश्कर्षमा बिहीबार उनीहरू पुगेका हुन् ।

उनीहरूको निश्कर्ष र सिफारिसका आधारमा जापानी प्रधानमन्त्रीले आइतबारदेखि लागु हुनेगरी सङ्कटकाल अन्त्य भएको घोषणा गर्ने तयारी भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“रोग सङ्क्रमणसम्वन्धी विज्ञ, सरकारी अधिकारी र सरोकारवालाहरुले महामारीको पछिल्लो अवस्थालाई विश्लेषण गरेर सङ्कटकाल हटाउनु उपयुक्त हुने सुझाव दिएका छन्, त्यसैले सरकार सङ्कटकाल अन्त्य गर्ने निश्कर्षमा पुगेको छ,” कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन प्रुमख मन्त्री यासुतोशी निशिमुराले भने ।

सङ्कटकाल फिर्ता गर्नेसम्वन्धी पर्याप्त जानकारी अहिलेसम्म नदिइएको र यसलाई पत्रकार सम्मेलन गरेर सरकारी अधिकारीहरुले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!