बेलायतमा भूतपूर्व गोर्खाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण

SHARE:

 

लन्डन चैत २२ । बेलायतस्थित भूतपूर्व गोर्खाहरुलाई स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ ।

अल्डरसट, फार्नबरो क्षेत्रका करिब १ सय भूतपूर्व गोर्खा परिवारलाई शनिबार सहयोग वितरण गरिएको पहलकर्ता गोर्खाली समाज यूकेका उपाध्यक्ष हेम गुरुङ गुरुङले बताए । उनका अनुसार हरेक परिवारलाई सेनिटाइजर, सिटामोल र मास्कसहितको किट प्रदान गरिएको छ ।

वृद्धावस्थाका गोर्खाहरुलाई संक्रमणको जोखिमबाट जोगिन सघाउने लक्ष्यले स्वास्थ्य सुरक्षा सामग्री बांडिएको गुरुङले बताए ।

सहयोग सामग्री बुझ्न स्थानीय गोर्खाहरु अल्डरसटको प्रिन्सेस हल अगाडिको गार्डेनमा जम्मा भएका थिए । सहयोग हस्तान्तरणका क्रममा तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ र पूर्व अध्यक्ष रामचन्द्र ‘सुर्जे’ गुरुङ लगायतका सामाजिक अभियन्ताको पनि उपस्थिति थियो ।

गोर्खाहरुको सहयोगका लागि स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराउने क्यान इन्टरनेश्नल र डा. बलराम ढकालप्रति सहयोग संयोजक गुरुङले आभार प्रकट गरेका छन् ।

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!