दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

SHARE:

सोल ३ वैशाख । दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनले शुक्रबार नयाँ प्रधानमन्त्री नियुक्त गरेको छन् ।

उनले यसअघि चार पटकसम्म सांसद भएका किम बुक्युमलाई नयाँ प्रधानमन्त्री नियुक्त गरेका छन् । उनी यसअघि आन्तरिक मामिलासम्बन्धी मन्त्री थिए । सो कुरा दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्लु हाउसले जनाएको छ ।

शुक्रबार उनले नयाँ प्रधानमन्त्री नियुक्त गरेको कुरा ब्लु हाउसले शुक्रबार नै विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।

उनको नियुक्तिलाई भने संसदीय सुनुवाई समितिले अनुमोदन गर्नुपर्ने संवैधानिक प्रावधान रहेको छ । समाचारमा जनाइएअनुसार उनलाई केही दिनमा नै संसदीय समितिले अनुमोदन गर्नेछ ।

वर्तमान मुन सरकार सन् २०१७ मा आएको हो । नयाँ प्रधानमन्त्री नियुक्त गरेसँगै उनले अरु पनि पाँच जना मन्त्रीलाई बर्खास्त गरेर अरु नयाँ पाँच जना मन्त्री राख्नुभएको बताइएको छ ।

यो मन्त्रीमण्डलसँगै दक्षिण कोरियाका राष्ट्रपति मुनले आफ्नो सचिवालयमा पनि व्यापक मात्रामा फेरबदल गरेर नयाँ सदस्यहरु राख्नुभएको बताइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!