बलिउड सेलिब्रिटीहरुबीच ब्रेकअप र लिंकअपका नयाँ/नयाँ खबर दिनहुँ सार्वजनिक भइरहन्छन् । तीमध्ये कतिपय खबर त यस्ता हुन्छन्, जुन सुन्दा अफवाह जस्तो लाग्छ, तर हुन्छ यथार्थ ।
विवाह गरेर, बच्चा पाएर सुखी जीवन यापन गरिरहेका कलाकारहरु समेत बाहिर अफेयरमा रमाउने गरेको पाइन्छ । यसरी बाटो बिराउनेमा महानायक भनिने अमिताभ बच्चनदेखि किंग खान भनिने शाहरुख खानसम्म छन् । विभिन्न भारतीय सञ्चार माध्यमहरुले दिएको विवाहित नायकहरुको अफेयरहरुका बारेका खवर यहाँ दिइएका छन् ।
अमिताभ बच्चन र रेखा
अभिनेता अमिताभ बच्चनको अभिनेत्री रेखासँग गहिरो प्रेम थियो भन्ने त जगजाहेर कुरा हो । तर, अमिताभले विवाह भने जयासँग गरे । रोचक के भने जयासँग बिहेपछि पनि अमिताभ रेखासँग टाढिएनन् । श्रीमतीको आँखा छलेर उनी रेखासँग प्रेममा मस्त हुने गरेको बताइन्छ । अहिलेसम्म पनि अमिताभ र रेखाबीच अटुट प्रेम रहेको बताइन्छ । स्मरणीय के छ भने अविवाहित रेखाले अमिताभको नाममा सिउँदोमा सिन्दुर लगाउने गरेकी छन् ।
गोविन्दा र रानी मुखर्जी
पत्याउन गाह्रो पर्ने अर्को प्रेम सम्वन्ध हो गोविन्दा र रानी मुखर्जीबीचको । गोविन्दा रानीभन्दा धेरै पुराना अभिनेता हुन् । उमेरले पनि करिब २० वर्ष जेठा । यो जोडी फिल्म ‘हद कर दि आपने’ खेलेपछि हदैसम्म नजिकिएको थियो । यतिसम्म कि रानी मुखर्जीको फ्ल्याटमा गोविन्दा नाइट गाउन लगाएर बसिरहेको तस्वीरसमेत सार्वजनिक भयो । परिवारले कडा आपत्ति जनाएपछि रानी गोविन्दासँग टाढिएकी थिइन् । पछि उनले आदित्य चोपडासित घरजम गरिन् ।
शाहरुख खान र प्रियंका चोपडा
शाहरुख खान र प्रियंका चोपडाबीचको प्रेम केही समयअघि उत्कर्षमा पुगेको थियो । फिल्म ‘डन’ मा काम गरेपछि उनीहरु नजिकिएका थिए । उनीहरुले गोप्यरुपमा बिहे गरेको चर्चासमेत चल्यो । यसबाट शाहरुखको पत्नी गौरीसँग ठूलै खटपट पैदा भयो । हुर्किसकेका छोराछोरीहरु पनि आगो भए । तर, उनका साथी करण जौहरले शाहरुखलाई सम्झाए । त्यसपछि उनीहरु अलग्गिए । प्रेम ब्यूँतिने डरले उनीहरुले एक÷अर्कासँग फिल्म खेल्न पनि छोडेका छन् ।
ऋतिक रोशन/करिना कपुर
करिना कपुरको शाहिद कपुरसँग गहिरो प्रेम रहेको त सबैलाई थाहा छ । तर, कमैलाई थाहा छ, उनले विवाहित हिरो ऋतिक रोशनसँग पनि चक्कर चलाएकी थिइन् । करिना शाहिदसँग छुट्टसिकेपछि र सैफ अली खानसँग सम्बन्ध गाँस्नुअघिको कुरा हो यो । उनीहरु एकपटक कारभित्रै ‘कामकुरो’ गरिरहेको अवस्थामा समेत भेटिएका थिए । अहिले ऋतिक रोशनको दाम्पत्य जीवन भत्किसकेको छ भने करिना कपुर सैफ अली खानसँग बिहे गरेर छोराकी आमा बनेकी छन् ।
अक्षय कुमार र शिल्पा सेट्टी
कुनै बेला बलिउडको चर्चित रियल जोडी थिए, अक्षय कुमार र शिल्पा सेट्टी । उनीहरु एक–अर्काको प्रेममा चुर्लुम्म डुबेका थिए । उनीहरुले ईंगेजमेन्ट गरेको खबरसमेत फैलिएको थियो । तर, पछि अक्षयको जीवनमा ट्विंकल आइन् । अक्षयले केही समयसम्म ट्विंकल र शिल्पासँग एकसाथ अफेयर चलाए । तर, दुईमध्ये एक रोज्नुपर्ने अवस्था आएपछि ट्विंकललाई रोजे । अहिले उनीहरु विवाहित जीवन बिताइरहेका छन् । शिल्पा पनि राज कुन्द्रासँग बिहे गरेर खुशी नै छिन् ।
सलमान खान र ऐश्वर्या राय
यिनीहरुको प्रेमको विषयमा त को जानकार नहोला । ऐश्वर्याले सलमानलाई हानेको एक चड्कनले यो प्रेम तोडिएको थियो । सलमानलाई छाडेर ऐश्वर्या अमिताभ बच्चनकी बुहारी बन्नेतिर लागिन् । सलमान अहिले पनि अविवाहित नै छन् । ऐश्वर्यापछि उनले कैयन् गर्लफ्रेन्ड फेरिसके । पछिल्लो समय रोमानियाकी मोडल लुलिया वन्तुरसँग उनको अफेयर छ ।
मिथुन र श्रीदेवी
बिवाहित मिथुन श्रीदेवीको प्रेममा पागल थिए । उनी आफ्नो घर परिवार छोडेर श्रीदेवीसँग आए । उनीहरुले बिहे पनि गरे । तर, पत्नी योगिताले आत्महत्याको प्रयास गरेपछि मिथुन घर फर्किए । त्यसपछि श्रीदेवीले पनि बोनी कपुरसँग बिहे गरिन् । श्रीदेवी अहिले यो दुनियाँमा छैनन् । केही महिनाअघि दुबईमा उनको मृत्यु भयो ।






