एजेन्सी वैशाख १० ।

भारतको मुम्बईस्थित एक कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ।
विरारस्थित विजय वल्लभ अस्पतालमा शुक्रबार बिहान भएको आगलागीमा परी १३ जना कोरोना संक्रमितको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। घटनामा १७ जना घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ।
यसअघि महाराष्ट्रको नासिकमा बुधबार एक सरकारी अस्पतालमा अक्सिजनको अभावमा २२ जनाको मृत्यु भएको थियो । नासिकको जाकिर हुसेन अस्पतालमा अक्सिजन लिक हुँदा मर्मतका लागि ३० मिनेट अक्सिजन सप्लाई बन्द भएपछि २२ जनाको मृत्यु भएको हो।






