एनआरएनएद्वारा लाप्राकका भूकम्पपीडितलाई एकीकृत नमूना बस्ती हस्तान्तरण

SHARE:

गोरखा, १० वैशाख । गोरखाको धार्चे गाउँपालिका–४ स्थित लाप्राकको गुप्सीपाखामा निर्माण गरिएको एकीकृत नमूना बस्ती बिहीबार भूकम्पपीडितलाई हस्तान्तरण गरिएको छ ।

गोरखा भूकम्पबाट विस्थापित हुनुपर्ने अवस्थामा पुगेका लाप्राकका भूकम्पपीडितको पुनःस्थापनाका लागि निर्माण गरिएको एकीकृत नमूना बस्ती लालपुर्जासहित हस्तान्तरण गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार एकाइ कार्यालय गोरखाका प्रमुख रामशरण आचार्यले जानकारी दिए ।

प्राधिकरणका प्रमुख सुशील ज्ञवाली, गोरखा क्षेत्र नं १ का सांसद हरिराज अधिकारी, लगायतको उपस्थितिमा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले भूकम्प पीडितलाई लालपुर्जा थमाएर बस्ती हस्तान्तरण गरेका हुन् ।

भूकम्प गएको करीब छ वर्षपछि लाप्राकका भूकम्पपीडितले भूकम्प प्रतिरोधी घर पाएका गाउँपालिकाका अध्यक्ष गुरुङले बताए । पाँच सय ७३ घरधुरी रहेको एकीकृत नमूना बस्तीमा रहेका भूकम्पपीडितलाई उपलब्ध गराउन पर्ने बाँकी लालपुर्जामध्ये तयार भएकाजति गाउँपालिकालाई प्राप्त भएकाले अब गाउँपालिकाले नै बाँकी रहेकालाई लालपुर्जा वितरण गर्ने उनको भनाइ छ ।

कूल १८ दशमलव ३२ हेक्टर क्षेत्रफलमा फैलिएको एकीकृत नमूना बस्ती गैर आवासीय नेपालीसङ्घ (एनआरएनए) ले निर्माण गरेको हो । एक परिवारका लागि करीब तीन आना तीन पैसा जग्गा परेको नमूना बस्तीमा प्रत्येक घर चार कोठाका दुई तलाका रहेका छन् भने प्रत्येक घरका लागि छुट्टै शौचालयसमेत निर्माण गरिएको छ । बस्तीमा निर्माण भएका घर गोलाप्रथाबाट स्थानीयलाई छुट्याइएको थियो । बस्ती निर्माणका लागि अहिलेसम्म करीब ५७ करोड ६६ लाख रुपैयाँ खर्च भएको एनआरएनएले जनाएको छ ।

बस्ती निर्माणका लागि एनआरएन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा शहरी विकास मन्त्रालयबीच २०७३ साल वैशाख १२ गते त्रिपक्षीय सम्झौता भएको थियो । दुई वर्षभित्रमा बस्ती निर्माण गरी भूकम्पपीडितलाई हस्तान्तरण गर्ने भनिए पनि करीब पाँच वर्षपछि मात्र बल्ल बस्ती हस्तान्तरण गरिएको हो ।

बस्तीमाा अझै एक घरबाट अर्को घरमा जान आउनका लागि बाटो निर्माण, ढल निकासलगायका काम भने गर्न बाँकी रहेको छ । बाँकी रहेका काम छिट्टै निर्माण शुरु गर्ने प्राधिकरण प्रमुख कार्यकारी निर्देशन सुशील ज्ञवालीले जानकारी दिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!