जापानमा फेरि सङ्कटकालको घोषणा

SHARE:

एजेन्सी वैशाख ११ ।

जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि फेरि सङ्कटकालको घोषणा गरेका छन् ।

राजधानी टोकियोसहित उनले अरु केही पश्चिमी प्रान्तहरू ओसाका, क्योटो र ह्योगोमा सङ्कटकालको घोषणा गरेका हुन् । सङकटकाल आगामी मे ११ सम्म लागू हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

संकटकालको घोषणा भएपछि बार तथा रेस्टुरेन्टहरूलाई मादक पदार्थ विक्री वितरण गर्न कडा प्रतिबन्ध लगाइएको छ भने ठूला व्यावसायिक प्रतिष्ठानहरू पनि बन्द हुनेछन् । जापानमा सुरुका महिनाहरूमा महामारी फैलिएको थिएन ।

प्रभावकारी रूपमा महामारी नियन्त्रण भइरहेको थियो । तर, पछिल्लो समयमा कोरोना भाइरसको नयाँ प्रजातिको जीवाणु देखिएपछि भने त्याहाँ महामारी तीव्र बन्दै गएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!