दोहोरी च्याम्पियनमा फेरि गल्ती !

SHARE:

दोहोरी च्याम्पियन एपिसोड-७ बबिता बानिया (जेरी) र दिलीप थापाबीच तथा टीकामाया र शंकर क्षेत्रीबीच प्रतिस्पर्धा भयो । झट्ट हेर्दा शंकरको त टीकामायासँग कुनै प्रतिस्पर्धा नै रहने । तर पाटनरले सिकाउन पाउने भएकोले ठीकै छ । यो मैले भन्या होइन । हेर्ने जोकोही सामान्य मान्छेले पनि बुझिहाल्छ ।

एपिसोडको दोस्रो तथा अन्तिम चरणमा जेरी र दिलीपबीच प्रतिस्पर्धा भयो । जेरीलाई निम्त्याउँदा बद्री पंगेनीले उनलाई जित्ने कोही पनि छैन । प्रतिस्पर्धा नहुँदै उनले कसरी मूल्याङ्कन गरे खै ? दिलीपको मनोबल घटाउने गरी सञ्चालक बद्री प्रस्तुत भए । तर प्रितीले अलिकति सन्तुलन मिलाउने प्रयास गरिन्। यो प्रतिस्पर्धा सुरुआत यसरी भयो ।

जेरी र दिलीपको कुरा गरौं । उनीहरुले गाएको दोहोरीको ‘थिम’ विदेशमा युद्ध लड्न गएको श्रीमान र घरमै रहेकी श्रीमतीबीच फोनमा भएको कुराकानी थियो । भाका थयो, ‘सरर पानी घट्टमा, म त प्यारी फर्किन्छु फर्किन्न नाम सारे है पेन्सनपट्टामा ।’ अब यहाँ श्रीमान दिलीप भए भने श्रीमती जेरी ।

यो दोहोरी उत्कृष्ट थियो । प्रतिस्पर्धा थियो । ‘निर्णायक ग्याङ’ले शब्द र त्यसको भावलाई आधार मानेर मूल्यांकन गरेको भन्दै जेरीको टीमलाई जितायो । सुरुआती र अन्तिमसम्म शब्द र भावको कुरा गर्ने हो भने जेरीले दुई पटक गीत नै नबुझी जवाफ दिएकी छन् । अन्तिममा त उनले ठूलो गल्ती गरेकी छन् । बीचतिर युद्ध लड्न गएको श्रीमानलाई केही हुँदैन मेरो सिन्दुर र चुराले भन्ने जवाफ दिएकी उनले अन्तिममा बाँचे पनि ठीक छ मरे पनि केही पिर छैन भनेर टुङ्ग्याइन् । श्रीमती होस् या अरु जोकोहीले पनि युद्धको सिपाहीलाई यस्तो भन्न सक्दैन । तर पनि दिलीपले आँट छ युद्ध जित्छु भन्ने भावसहित फोन राख्छु भनी टुङग्याए । यसलाई लाइभमै दोहोरी गायक पशुपतिले पनि उल्लेख गर्दिसकेका छन् । मैले मात्रै भनेको पनि हैन । एउटाको भाव, शब्द र सिलसिला कोट्याउने, एउटाकोमा चुप लाग्ने र जिताइनु राम्रो होइन । सिलसिलाको कुरा गर्ने हो भने जेरीको धेरै नमिलेको छ ।

दिलीपका केही टुक्का –
यस्तै आँट देऊ म दुश्मन छिनाउँछु
वीर गोर्खाली कस्तो हो चिनाउँछु

मेरी आमा रोकी छिन् थाहा छ
नेपाल आमा हसाउने चाहा छ

म यहाँ धान्छु, तिम्ले घर धान
श्रीमती नि हुन् देवी समान

दुश्मन फाँड्दै अगाडि बढ्या’छु
मुटु काप्छ तर पनि लड्या’छु

यी शब्द हेर्ने हो भने उनले कतै हार खाएका छैनन् । तर निर्णायक ग्याङले हराइदियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!